प्यारे!
सपनाको खेती गर्दा गदै थाकिसकेँ
घाममा काम गर्दा गर्दै डढिसकेँ
यो मरुभूमिमा ।

प्राणेश!
न मायाको साख छ यहाँ
न प्रियजनको काख छ यहाँ
दिनभर हिँड्दा हिँड्दै गलिसके
यो मरुभूमिमा ।

प्रिया!
मिठो हुन्थ्यो त्यहाँ त गुन्द्रुक, ढिँडो पनि
निको हुन्थ्यो कुनै एक छाक भोकै बस्दा पनि
तिम्रो यादले सताएर धेरै पल्ट मरिसकेँ
यो मरुभूमिमा ।

हृदयस्वरी!
अब त हुँदै हुन्न, उभो लागिन्न परदेश रगाएर
कत्तै भाग्नु हुन्न, आफ्नो माटो बिर्सेर
कसम! पश्चात्तापले भित्रै गलिसकेँ
यो मरुभूमिमा ।

बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *