Skip to content

मुटु भित्र राख्छु भन्यौ फकाउदा पहिले


मुटु भित्र राख्छु भन्यौ फकाउँदा पहिले
चेन दिन्छु भन्दै गाल पार्छौ किन अहिले

दिलको मन मन्दिरमा पूजा गरी पियारले
भौतिक सुख सुबिधाको कुरा किन जहिले

कैले मैले मागे भन चेन, केन, भेन शीतल दिने फेन
तिमी साथ हुँदा सम्म यी सब पाएँ मैले

यौवनको हावा हेर तिमीलाई जस्तो मलाई उस्तै
बिझाउने काडा सरी किन बचन बाण जहिले

तिम्रो घरबार सम्हाालेर बसेकी छु साथ तिम्रो आस गरी
तिम्रो काखमा मर्न पाउ पार्थना छ मेरो जहिले

लखनपुर ३ झापा ,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *