फरिया र चौबन्दीले कति सुहाउने
बन पाखामा गीत गाउँदा मनै रमाउने
सुसेलाले बोलाउने कति राम्रो बानी
एकान्तमा हुने गर्थे मिठा कुरा कानी
सोरठी त्यो भाकाले लट्ठ बनाउने
सानु मेरो मन केले बुझाउने
मेरी सानी थुन्से बोकी बेसी खेत जाँदा
भेट हुन्थ्यो गाई चराउन गोठाला म जाँदा
ठिटको साडी मखमली चोलीमा
मोहोनी पो छ कि त्यो बोलीमा
लट्ठ बनाउने
सानु मन मेरो केले बुझाउने
तिमी उता गैरी खेतमा म छु परदेशमा
तिम्रै मात्र रुप देख्छु अनेक थरी भेषमा
हजुर भनी सर्माएर बोलाएको दिन
घाउ बानी दुख्छ आज परदेशमा किन
यो दिलमा तस्बिर तिम्रो लट्ठ बनाउने
सानु मन मेरो केले बुझाउने
कैले भेटु तिमीलाई अंगालोमा बाँधु
समाएर तिम्रो हात आँगनीमा नाचु
लगाउँदा सिन्दुर पोते कति सुहाउने
रातो टिका निधारमा मनै रमाउने
कोकिल कण्ठ बोली तिम्रो लट्ठ बनाउने
सानु मन मेरो के ले बुझाउने
लखनपुर ३,झापा,नेपाल
