Skip to content

तिमी अझै डोली भन्छौ


डोली प्रथा  हराई सक्यो तिमी अझै  डोली भन्छौ
सुइकुच्चा ठोकु भन्दा तिमी आफैं भोलि भन्छौ
 
देउरालीलाई साक्षी राखी सिन्दुर पोते लाऊँ भन्दा
समाजको बिडम्बना हुन्न आँगन नपोली भन्छौ
 
आधुनिक फेसनहरु मिनिस्कट र भेस्ट दिदा 
फरिया र चौबन्दीमा मखमली चोली भन्छौ
 
बेहुला र बेहुली हुन् चामल चरु पोलिकन
माइतीले बोक्नलाई चढ्नै पर्छ डोली  भन्छौ

लखनपुर ३ झापा ,नेपाल

3 thoughts on “तिमी अझै डोली भन्छौ”

  1. This GAJAL is not created by
    This GAJAL is not created by me ‘Arjun Tiwari Bekhabare’.So i would like this majheri.com managament moves this from me and post to concerned people.

  2. अतिथिजी,
    गल्ती

    अतिथिजी,

    गल्ती अौंल्याइदिनुभएकोमा धन्यवाद छ। वास्तविक लेखक तीर्थ (यात्री) पौडेलको नाममा राखेको छु।

    — कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *