देखावटी कुरा गर्छौ दिलमा मलाई बसालेर
के पाउँछौ भन सानु खाली मलाई पखालेर
अस्ति मात्र भेट हुँदा चौतारीमा दुई मुटु
साटासाट गर्या भुल्यौ मनमा केही नराखेर
झुटो कसम खा’को भन्छौ देउरालीमा तिमीसित
सँगै कसम खा’को होइन फूलपाती चढाएर
सम्हालेको फूलबारी बगैंचा र यो मन पनि
ठुला कुरा किन गर्छौ भित्री आत्मा रुवाएर
सोधिहेर त्यो दिललाई मन मन्दिरमा कुन देवता छ
तिम्रो घर बिग्रेला है मन मलाई बुझाएर
हिजो पनि फोन गरी घन्टौ सम्म रुने को हो ?
आजै सकियो तिम्रो आँसु आखाबाट बिलाएर
My greetings me very liked
My greetings me very liked you blog