Skip to content

कुरी बसें चौतारीमा

  • by


कुरी बसें चौतारीमा तिमी आउने बाटो हेरी
निदाउने मन थियो अंगालोमा तिमीलाई बेरी
केशराशी कोरी बाटी सिउरेर जुही जाई
अप्सरानै है कि भनी हेरिरहें तिमीलाई
 
निधारमा रातो टिका गाजलु थियो नयनमा
हिमचुली समानका कुन्नि के के बदनमा
छेउ आई मुस्कुराई चार नयन एक पारी
अधरहरू रंगाएकी मेरी माया हौ कि परी 
 
बिहानीको लाली सामान सजिएको तिम्रो शिर
गोधुलिको घुम्टो ओढी उभिएकी मैनेर
बोलाउदा सर्माए झैं कोकिल कण्ठ तिम्रो बोली
मेनका र उर्वसी झैं कति राम्री आज भोलि
 
तिम्रो केशको  छहारीमा सुस्ताएर निदाउँदा
अंगालोमा बेरिदिन्थौ प्यारी भनी बोलाउँदा
काख तिम्रो कति न्यानो पियारले बसाउँदा
ओठ चुमी के के गर्थौ तिमी सामु म आउँदा ,

लखनपुर ३ झापा ,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *