पाक्क पुक्क मार मुग्रीमा यसपाली नि पर्यौ अरे
पहिले भन्दा अँझ ठुलो बिद्रोह पो गर्यौ अरे
नचाहिंदो कुरा झिकी किन राडाको मचाउनु
समजको नजरमा तुच्छ ब्याहार गर्यौ अरे
मान्छे भई बाच्नलाई सिक्नुपर्छ आचरणहरु
मानवताको सिंडीबाट अँझै तल झर्यौ अरे
के नपुग थियो तिमीलाई मात्यौ क्यार सुख पाई
गुहार माग्दै छिमेकीकै शरणमा पर्यौ अरे
घरको कुरो घरमा नै मिल्नु पर्थो आपसमा
मान्छे खोज्न मेची अनि कालीपारि तर्यौ अरे
लखनपुर ३ झापा,नेपाल

Nice link to naprosyn
Nice link to naprosyn wnaproxen .The best prices on the internet.