Skip to content

नन्दलाल आचार्य

समृद्ध नेपाल : हाम्रो गन्तव्य

  • by

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्! भन्ने हुन्छ । तातै खाऊँ जलि मउँ! पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर! भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।

छ सय एक आँखा

  • by

जनतालाई उकालो हिँड भनियो
जनता उकालिए
माथि पुगेका जनता तल भर भन्दा
जनता मानेनन्
यहाँ कसको के गल्ती
औषधोपचारको अभाव पूर्ति गर भन्दा
नयाँ नेपालले नै जडिबुटीहरू दिन्छ भनियो
होटलमा भाडा माझ्दिनँ भन्दा
नेताहरूलाई ढोग भनियो ।

‘गगन’को ‘क्षितिज पर’मा विचरण गर्दा मनमा उठेका छालहरू

पहाडको फेदैमा मेरो छ गाम हजुर
गरिवको छोरो परेँ गगन मेरो नाम हजुर ।
काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि
आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर ।
आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर
हुने खानेलाई नै पुरस्कारका खाम हजुर ।

वादविवाद

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

एकांकी १५ – परिकल्पित सङ्घीय राज्यको परिचय

  • by

एउटा सुनसान ठूलोकोठा । परपर स-सानो गाइँगुइँ आवाज मात्र सुनिन्छ । लिम्बूवान विजयपुर कोचिला किराँत मधेस तामाकोशी शेर्पा तामसालिङ्ग नेवा नारायणी तमुवान रिडी मगर थारुवान भोटेलामा भेरीकर्णाली सेतीमहाकाली जस्ता १७ राज्यहरुसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरु गम्भीररुपमा बसेका देखिन्छन् । उनीहरु क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् ।

NandalalAcharya

शुभकामना

दुःख र सुख खहरे खोला
आउने र जाने तिनेरको काम
न आयो सुख न गयो दुःख
सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन
विगत वर्ष पात्रो फेरियो
मनस्थिति फेरिएन
वसन्त आयो पालुवा लागेन ।
नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन्
समस्या जन्म्यो समाधान जन्मिएन
बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो
चेत खुल्यो मन खुलेन
नहुने हुँदै गए हुने हुँदै भएनन् ।

आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !

औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ ।

एकता नै आवश्यकता

  • by

जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दुःख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तति हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।

राममणिको ‘सूचना टाँस’ले जनतालाई दिएको चेतना

  • by

राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ, अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन अरूलाई पागलको संज्ञा दिन्छ । यसरी पागलको पगरी पाउनेहरूमा उदयपुरको धर्तीमा एक जना यस्ता अपूर्व मान्छे जन्मिए । उनको दिनचर्या यस्तो थियो- दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु, चौतारो र प्रतिक्षालयमा कुचो लाउनु, नदी, कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु, बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु, गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु, सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु, आफ्नो घरको कुनै ठेगान नहुनु तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु, बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु, आफ्नो आङ्ग नाङ्गो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु, आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु, सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत, श्लोक र कविता स्वतःस्फुर्त रूपमा भन्नु, जनता पिरोल्ने पिराहाहरूलाई फुटेका आँखाले पनि हेर्न नचाहने त्यस्ता महापुरुष हुन- गम्भीरबहादुर थापा ।

‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा–

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ ।

लेखकको जन्म पाठकको गर्भबाट

  • by

हामीहरू उज्यालोका उपासक हौँ । रात नबितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ ।

एकांकी ०४ – आधा मेरोः आधा तिम्रो

  • by

बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे युवती काम गरिरहेकी छिन् । एक ठिटी पढलेख गरिरहेकी छिन् । एक बालक खेलिरहेको छ । त्यसैबेला नरनाथलगायतका केही पुरुषहरूको आवाज आउँछ । नरनाथ भने सिकुवातिर उक्लिन्छन् । अरू पुरुषहरू बाटोबाटै अन्यत्र लाग्दछन् ।