जनतालाई उकालो हिँड भनियो
जनता उकालिए
माथि पुगेका जनता तल भर भन्दा
जनता मानेनन्
यहाँ कसको के गल्ती
औषधोपचारको अभाव पूर्ति गर भन्दा
नयाँ नेपालले नै जडिबुटीहरू दिन्छ भनियो
होटलमा भाडा माझ्दिनँ भन्दा
नेताहरूलाई ढोग भनियो ।
चेतनाको अभावले शोषण परियो भन्दा
दमनबाटै तार्किक निष्कर्षमा पुगिन्छ भनियो ।
चोकचोकमा फोहर थुप्रिएको छ
गरागरामा रगत पोतिएको छ
देशको नाममा इज्जत लिलाम छ
जनताको नाममा भ्रष्टचार चुलीमा छ
कुसर्ी आतंक बढेको छ
जनसंविधान् लम्पसार परेको छ
नयाँ नेपाल नाममा सीमित छ
प्रत्येक पाइलामा त्रास टाँसिएको छ
अन्धकार भविष्य मडारिँदै छ
पीडैपीडाको समारोहको माच बन्दै छ
पौने तीन करोड अधुरा खुशीका स्वरहरू
छ सय एक उदाशी आँखामा हराउन मिल्दैन ।
यसो भन्न खोज्दा
तँलाई त्यसो भन्ने छुट छैन भनियो ।
जनलात भेट्नेले जनघात गर्छन् भन्थे
हो रहेछ भन्ने निष्कर्षमा पुगेको छु ।
छ सय एक आँखा निर्दोष छैनन्
संसारमा कहीँ नभएको तमासा यहीँ भइरहेछ
त्यसैले त चाँडै भूइँचालो गइरहेछ
यो भनिरहनु नपर्ला िक
त्यसले आस्थाको मन्दिर र मस्जिदहरू मास्न सक्छ
िसंगो इतिहासलाई खण्डखण्ड पार्न सक्छ
किनकि जनसंविधान वेगर लगामविहीन घोडा दौडिरहेछ ।
तर याद राख यसो भयो भने
छ सय एक आँखा उदाशी हुनै पाउदैनौ
छ सय एक आँखाले धर्ती हेरिरहन पाउनौ ।
तसर्थ छ सय एक आँखाहरू हो !
जनसंविधानका योद्धाहरूको आलो रगत
यो देशको प्रतिविम्ब रगतको रातो रंगले कोर्न भन्दै छन्
जनताको हृदय देखिने संविधान खोई भन्दै छन् ।
तपेश्वरी-१ गल्फडिया उदयपुर
मो नं ९८४२८२९२०६, ९८०७७७९७६८
