नन्दलाल आचार्य
फिरन्ते कविका गाउँघर ब्युँझाउँने अभियानका कविताहरू
म जहाँ पुग्छु त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुनजेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा सेनाले जनता मारेको पाउँदा क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ ।
“छापामारकी स्वास्नी” कथाभित्र लुकेका जनसरोकारका पन्ध्र दृष्टि
दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु, चौतारो र प्रतिक्षालयमा कुचो लाउनु, नदी कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु, बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु, गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु, सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु, आफ्नो घरको कुनै ठेगान नहुनु, तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु, बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु, आफ्नो आङ् नाङ्ो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु, आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु, सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु, बोरा नै ओड्नु, र बोरा नै लगाएर हिँड्नु, भोक रोग र शोकमा डुबेको समाज देख्ता आफूले लगाएको वस्त्रको मूल्य नदेखी त्याग गर्नु, सबै नेपालीले सजिलै खान नपाउने त्यो पनि आयातित नुन खानु, र विदेशीको कृतार्थ हुनुभन्दा अलिनै बस्नु उचित छ भनेर नुन त्यागिदिनु, विना श्रम अर्काले दिएको कुनै पनि चिज नखाँने र नलिँने सिद्धान्तमा जीवनपर्यन्त अडिग रहनु, जस्ता क्रियाकलाप गरी जीवन विताएका त्यस्ता महापुरुषलाई पनि उदयपुरले जन्मायो । ती महापुरुष हुन्- गम्भीरबहादुर थापा । राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन गम्भीरबहादुर थापा जस्तालाई पागलको संज्ञा दिन्छ । उनकै बाटो अंगाल्न पुगेका अर्का गाउँघर ब्युँझाउने कवि हुन्-लेखबहादुर कार्की । त्यस्तै अन्य बालकृष्ण पोखरेल मातृका पोखरेल पुन्य कार्की टीकाराम पौडेल इन्द्र राउत दीपक चिन्तक जोतारे धाइवा स्वस्ती थापा महेश्वर चामिलङ् रत्नप्रसाद काफ्ले गिरिलाल परियार तेजनारायण शेर्पा भक्तबहादुर िसंह यादवकुमार कार्की केदारकुमार थापा शंकरबहादुर थापा भागवत राउत जीवराज ढुगााना हरि शरण हेमबहादुर बस्नेत कुबेरध्वज कार्की छविनकुमार मगर मदन तामाङ् नारायण कार्की बोधविक्रम घिमिरे शिवहरि राई नारायण काफ्ले बिमल कार्की कुमारिसंह कार्की नन्दप्रसाद पोखरेल राजकुमार खड्का कौशल चेमजोङ् वृषबहादुर तामाङ् कपिल ठकुरी बिरशबाबु शाही लीलाप्रसाद निरौला नन्दलाल आचार्यजस्ता दर्जनौँ कलमजीवीहरूमा बलियो कलमका साथ देखापरेका स्रष्टा हुन्-राममणि पोखरेल ।
अन्तिम इच्छा
थरीथरीका इच्छामा पनि कुनै इच्छा व्यक्ति विशेषलाई मात्र सरोकार राखेर हिँड्छ भने कुनै चाहिँ सबको स्वार्थलाई सम्बोधन गर्दै हिँड्छ । इच्छा स्वार्थको अर्को रुप हो । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर “चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्” भन्ने हुन्छ । “तातै खाऊँ जली मरुँ” पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर “यत्ति मेरो यत्ति तेरो”को भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । “बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर” भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।
मोवाइल महिमा
सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा िहंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन् कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।
त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुद्व याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँाजेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ । आजको मान्छे भएभरको भार थाप्लोमा बोकिरहेको छ । चाहिँदोभन्दा अचाहिँदो भारले मान्छे निसासिएको छ । त्यही सांसारिक भारले थिचिएर मान्छे नालायक बन्दै छ । नियम मान्छु भन्छ अघि सर्छ । मान्न सक्दैन पछि सर्न जान्दैन । अघि बढ्न पनि सक्दैन र बाटो नै मोडिदिन्छ । मोडिएको बाटोले गन्तव्यमा पुर्याउँदैन । त्यसपछि भने संसारले एक सच्चा मान्छे गुमाउन पनि सक्छ र बदलामा एक पाखण्डी पाउँछ । अतः नाफामा हुनुपर्ने संसार घाटामा पर्न आउँछ ।
जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
हामीले समाजलाई नचायौँ तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ रुवाइरहेछौँ । आनन्द बरसाउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । आँखा खोलेर हेर्न सके कोही पराई भेटिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ हामी यहाँ । हृदय खोलेर हेरे प्रेम बस्रन्छ जताततै यहाँ । धनको पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी अब भित्र फर्कौं र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ । हामी बेहोसीमै बोल्दा रहेछौ आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए यो हत्या र िहंसा किन हामीमा प्रेमको ढोका उघ्रेको भए यत्तिविघ्न घृणा र सन्ताप किन बुझौँ आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन । धनसम्पत्ति पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिदैन । आफू को हो चिन्नैपर्छ ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौड्न्छ मान्छे धनसम्पत्ति पदका पछि । हामी मान्छेले मानव प्रवृति छाड्न हुन्न आफूमार्फत् संसार बिग्रनुहुन्न । यिनै र यस्तै विचार पोखेर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ ।
