Skip to content

नन्दलाल आचार्य

लाल सूर्य उदाइरहेछ

अमृत :- यो सैनिक पोशाक लगाउन पाइएको छ जनसेना कहलाउन भेट्टाइएको छ । कहिले सम्मानजनक भविष्य देख्छु कहिले गद्दार घोषणा भइएलाकी भन्ने त्रास बोक्छु । आखिरमा न उँभो न उँधोको जीवन विताइरहेको छु जस्तो लागिरहेको छ ।

अनमोल :- के गर्ने र जीवन हत्केलामा लिएर लडिएकै हो । निरंकुशताका मतियारहरूलाई, जनहत्याराहरूलाई पाखा लगाएकै हो । व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर राष्ट्रिय हितमा जीवन अर्पेकै हो र पनि यो क्यान्टोनमेन्ट नामक जेलभित्र कैद भएर बसिराख्नुपर्ला कि जस्तो भएको छ ।

आस्था :- घरपरिवारको माया ममतालाई बिर्सेर निमुखा वर्गको हकअधिकार ठूलो ठानेर युद्धमोर्चामा समाहित भइयो । यत्रो रगतको खोलो उरालियो यत्रो कहरको समुद्र तयार भयो । यस्तो अवस्था जानी-जानीकन किन आखिरमा राज्यले हामीलाई किन सौताका छोराछोरीका रुपमा हेर्दछ ? मेरो मनले त आफैँलाई भन्छ- आगो ओकल्न जानेको छस् आगो पचाउन पनि जानेको छस् । सामन्तको सातो उडाउन पनि सिकेको छस् । विकृतिको भण्डाफोर गर्ने प्रशिक्षण पनि पाएको छस् । दबेर नबस् तँ निकै माथि छस् । गुम्सेर नबस् तैँले नै नयाँ नेपालको निर्माण गर्न सक्छस् ।

NandaLalAcharya-04

प्रगतिवादको इतिहास र नेपाली धर्तीमा प्रगतिवाद

“मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन । मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो । मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।”- म्याक्सिम गोर्की

अ) विषय प्रवेश ः

साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरुप लिन र न्याय समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगतका वस्तु-सत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ प्रगतिवाद आत्मा साम्यवादमा प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरुपमा सामाजिक यथार्थवादी दृष्टिकोण देशभित्र र बाहिरका चेतनामूलक विचारहरू शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन नारी हक हितप्रति सचेत ईश्वर धर्म आत्मा स्वर्ग नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । मूलभूतरुपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुाजायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।

महाभारतको त्रासमा सास फेर्नुपर्छ (गजल)

महाभारतको त्रासमा सास फेर्नुपर्छ,
सानै भुल नभै पनि बास फेर्नुपर्छ ।

शैक्षिक कानुन छ रे सुन्छौँ मात्रै हामी,
सौताका सन्तान भयौं आश फेर्नुपर्छ ।

आफ्नो त आजै छैन भोलि के को हुनु,
त्यसैले आजैदेखि गाँस फेर्नुपर्छ ।

शैक्षिक समृद्धिमा आजका शिक्षक विद्यार्थी र अभिभावकको भूमिका

हे बालाजन हो पढो घरिघरी विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि पढ मिहिनत गरी ॥

पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु र माया गरी ॥

हामी एक्काइसौँ शताब्दीका होनाहार प्राणी हौँ । सोचेजस्तो उपलब्धी ल्यायौँ तर हुनुपर्ने स्वभाव बिर्सियौँ । सुखका अभिलाषी छौँ तर दुःखका भागिदार बन्दैनौँ । समय छिप्पिएअनुसार शिक्षामा गुणात्मक स्तर अभिवृद्धि हुनुपर्ने हो । त्यसो नभएर परिमाणात्मक बृद्धि मात्र भएको पाइन्छ । तसर्थ शैक्षिक वेरोजगारी बढेको छ । शिक्षित वर्ग आत्मनिर्भर हुन सकेका छैनन् । शिक्षा मागी खाने साधन मात्र भएको देखिन्छ । पढेका जनशक्ति मानसिक श्रम गर्न तत्पर छन् तर शारीरिक श्रम गर्न पटक्कै रुचाउँदैनन् । शिक्षाले सिकारुलाई जीवनवोध गराउन सकेको छैन । शिक्षाले जीवनको बोझ हलुको पार्नुपर्ने हो । तर उल्टै गहैं्रा पारेको महसुस भएको छ किनकि शिक्षित मानसिक शारीरिक श्रमले जिउने आकांक्षा राख्न सक्दैनन् । शिक्षा क्षेत्रको यस खाले अराजकताको निदानको लागि शिक्षाशास्त्रीहरूको सही दृष्टिकोण र शिक्षा प्रणली समेत सही हुनुपर्छ ।

‘समयलाई सलाम’ भित्रका स्रष्टा धीरेन्द्र प्रेमर्षिको गजलकारिता

विज्ञान र प्रविधिले चमत्कारिक कार्य गर्दै आए पनि कलमी पौरखले संसार हल्लाउन सकेको छ । शेक्सपीयर, लक्ष्मीप्रसाद, शेली, पारिजातहरूले संसार हल्लाइरहेकै छन् । स्रष्टाले सिर्जेका कुरा हर पिँढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ समाजको अति नै महत्वपृ्र्ण व्यक्ति हो । आजका स्रष्टाका कलमले समाजका अमिल्दा पक्षप्रति खबरदारी गर्नुपर्छ । समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई हटाउन कलमी युद्धमा होमिनु जरुरी हुन्छ । समाजमा नौलो चेतना छर्न सकेमा मात्र असली अर्थमा स्रष्टा कहलिन सकिन्छ । सञ्चार, साहित्य, कला, संस्कृतिको विकास भन्ने नाम सुन्नासाथ कुम्भकर्ण निन्द्रामा रहने संस्कार नेपालका हरेक सरकारमा छ । सञ्चार, साहित्य, कला, संस्कृतिमा लाग्नेहरूको जीवनवृत्तिको लागि सरकारी क्षेत्रबाट नै विशेष, विशेष काम पश्चिमी राष्ट्रमा हुन्छ भन्ने कुरा साहित्यकार कृष्ण धरावासी बताउनुहुन्थ्यो । जीवनवृत्तिको त कुरै छाडौँ, हामीकहाँ चाहिँ मान्छेले कलम र वाणीको पेशामा रहेर जीवन बचाउन हम्मे पर्यो, परिरहेछ । मिथिलाञ्चल पनि कला–संस्कृति, रहनसहन, पर्व मेलामा कोहीभन्दा कम छैन, सांस्कृतिक सम्पदाले धनी छ, समृद्धशाली छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ ।

जनयुद्धसाहित्यको गतिलो दर्पण ः ‘रक्तमुच्छेल अंकुरण’

जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि विद्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि विद्रोही कवितामा खरो साथ उभिएका छन् । ‘कवि राजेश विद्रोहीभित्र खाँट्टी कविमन पाएँ । कविता संग्रह ‘रक्तमुच्छेल अंकुरण’ नसिध्याइ निद्रा लागेन । वेजोड लेखेछन् । विशेषतः सहिदहरू वारेका कविता पढ्दा मन भक्कानियो । मेरो सौभाग्य नै हो कि जनयुद्ध मैदानका खरा र दरा भावनाको पाठक हुन पाएँ । कवि विद्रोहीभित्रको कवित्व भावनालाई लाखौँलाख अभिवादन । यत्रो विशाल मन र क्षमता सप्तरीभित्र पनि लुकेको पाउँदा सप्तरीको सेवामा आफूले जीवन विताएकोमा अहिले रत्तिभर पछुतो छैन । कवि विद्रोहीको जस्तै विचार भएका मात्र १०० मधेश पुत्र जन्मिएका भए र सोही अनुरूप काम गर्दिएका भए मधेशलाई काँचुली फेराउनबाट कसैले रोक्न सक्ने थिएन । ’ कवि विद्रोहीका विद्रोही विचारले भरिपूर्ण कविताकृति ‘रक्तमुच्छेल अंकुरण’ पढेपछि लिट्ल फलावर सेकेण्डरी स्कूल राजविराजकी शिक्षिका लक्ष्मी रिजालले दिएको यस प्रतिक्रियाबाट समेत कविको खुवीलाई आंकलन गर्न सकिन्छ ।

एकचोटिको कुरा हो, ठूलो समुद्रमा आँधीबेरी आयो । सामुन्द्रिक तूफान यति भीषण रूपमा आयो कि समुन्द्रका छालहरू टाढाटाढाका बगर र किनारातर्फ हाम फाल्न थाले । छालसँगै सयकडाँै माछाहरू माछाका भुराहरू बगरमा फालिए । तूफान पछि त्यहाँ हज्जारौँ मान्छेहरूको मेला लाग्यो । उनीहरू बालुवामा माछाहरू तड्पिएको दृश्यहरू हेर्न आएका थिए । रातदिन पानीमा बस्ने माछाहरू पानी बेगरको बालुवामा तड्पिएर उफ्रिरहेका थिए । मान्छेहरूका लागि भने त्यो रमिता भएको थियो । हजारौँ मान्छेहरूको भीडमा एउटा मान्छेचैँ ती जीवित माछाहरूलाई दुईटै हातले टिप्दै पानीमा फ्याँक्दै गरिरहेको थियो । सयकडौँ माछाहरू उफ्रिरहेको ठाँउमा ऊ लगातार समुद्रमा माछाहरू फ्याँक्दै थियो । उसलाई देखेर मानिसहरूले भने,– पागल के नचाहिने काम गरिरहेको होला ? यत्रा माछाहरूलाई कहिले यसले समुन्द्रमा टिपेर हाल्न सक्छ । नचाँहिदो काम, दुस्साहसी काम किन गरेको ? यसको के अर्थ छ र ? ऊप्रति गरिएको टिप्पणी सुन्यो । अनि उसले जवाफ दियो– “म के गरिरहेको छु भन्ने कुरा मैले समुद्रमा फ्याँकेको एउटा माछालाई सोध । त्यसले मेरो कामको अर्थ बताइदिनेछ । ” वास्तवमा मृत्युको मुखमा तड्पिरहेको माछाहरूलाई टिपेर समुद्रमा पुर्याइदिने, माछाहरूलाई पुर्नजीवन दिने व्यक्तिलाई भीडले पागल बनाइदिएको छ ।

नयाँ नेपालको खोजी गर्ने कृति : “कालो चायाँ”

दुनियाँ ऐसी बाबरी पत्थर पुजन जाय
घरकी चकिया कोई न पुजे जिसका पिसा खाय ।

संसार कस्तो पागल छ ढुंगालाई पुज्न कहाँकहाँ पुग्छ तर आफ्नो घरको जाँतोलाई पुज्दैन जसबाट पिसेको खान्छ । – कबीर

चारैतिर जोखिम मोलेर नेपाली समाज अहिले हिँडिरहेछ र आफ्नो पागलपन र अराजकताको ढाकछोप गरी टिठलाग्दो विक्षिप्तता लुकाउन अरुलाई पागल भनिरहेछ । गुणी र बैगुणी चिन्न सकिरहेको छैन । सार्बजनिक स्थल सफा र हराभरा राख्न जुट्नु कसैले खान पाएको छैन कि भनेर चिन्ता गर्नु आफ्नो आँग नांगो राखेर अर्कालाई जाडो भयो कि भन्ने चिन्ता गर्नु सडकमा उभिएर सत्य र न्यायका स्वरहरू उराली हिँड्नु एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु जनता पिरोल्ने पिराहाहरूका कर्तुतलाई फुटेका आँखाले पनि हेर्न नचाहनु जस्ता कार्यहरू विल्कुलै खराब हैनन् । तर त्यस्तै काम गर्ने महापुरुष गम्भीरबहादुर थापालाई पागल भन्छ यो समाज । “म जहाँ पुग्छु त्यही मेरो घर हो । म पढेको मान्छे हैन अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुाजेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा सेनाले जनता मारेको पाउँदा क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको भेट्दा ठूलाबडाले गरीब निमुखालाई सताएको पाउँदा वनजंगल मासेर मोजमस्ती गरेको देख्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु।”

हँसाउनुभन्दा होस जगाउनु : विकृतिनाशक अस्त्र

नवीन नवीन खबर त राजधानीलाई थाहा हुन्छ । उसैले खबर जन्माउँछ र हामीकहाँ पठाउँछ । तिनै खबर उत्पादन गर्ने साचार उद्यमीर्य जमिम शाह र अरुण िसंहानियाले ज्यान अपर्ण गर्नु परेको दुःखदायी घडीमा हामी छौँ । हुन त देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल, बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा, जगतप्रसाद पण्डित, मोहन खनाल, ईश्वर ढुङ्घाना, भीमबहादुर धर्ती, सुभाष मैनाली, काचन प्रियदर्शी शम्भु पटेल राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, सप्तरीका लोकेन्द्र बुढाथोकी, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्,ठ उमा िसंहजस्ता कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले यो लेखन पेशा पनि कत्तिको जीवनघातक माध्यम हुँदो रहेछ भन्ने पुष्टि भएको छ । जनतालाई नयाँ मार्ग देखाउन जुट्दा भौतिक लीला विसर्जनको मार्ग तयार हुँदो रहेछ । कलमले सिर्जने कुरा हर पिँढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ समाजको अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । जसले समाजका अमिल्दा पक्षप्रति खबरदारी गर्छ उसैले समाजमा व्याप्त थिचोमिचो शोषणँदमनलाई टुलुटुलु हेरेर र चित्त बुझाउन नसकेर नौलो सृष्टि सुरु गर्छ ऊ नै वास्तविक अर्थमा स्रष्टा हो । साचार साहित्य कला संस्कृति भनेपछि कुम्भकर्ण निन्द्रामा रहने संस्कार नेपालका हरेक सरकारमा छ । साचार साहित्य कला संस्कृतिमा लाग्नेहरूको जीवनवृत्तिको लागि सरकारी क्षेत्रबाट नै विशेष विशेष काम पश्चिमी राष्ट्रमा हुन्छ भन्ने कुरा साहित्यकार कृष्ण धरावासी बताउनु हुन्थ्यो । जीवनवृत्तिको त कुरै छाडौँ हामीकहाँ चाहिँ मान्छेले कलम र वाणीको पेशामा रहेर जीवन बचाउन हम्मे पर्यो परिरहेछ ।

मातृभूमिको हितमा दिलोज्यानले डटौँ

  • by

मातृभूमिको हितमा अब दिलोज्यानले डटौँ
एकै बृक्षको शितल ताप्दै गरिबी रेखा कटौँ ।

निधाएकालाई त्यसै छाडी आफू मात्र बिउँझेर
भुलले भुललाई सपार्छ भन्ने सोचैबाट हटौँ ।

चपरीमुनि हुन्छ वास मौकामा मुख नखोल्दा
लुटाहाबाट सधैँ लुटिने समूहबाटै छटौँ ।

ठूलो संसारमा बस्ने हामी होचा मान्छेहरू

“हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?”

उमेशको प्रश्नले धनप्रसाद झस्किए । “अब नातिले सताउने पर्यो कसले यसलाई के भन्दियो कुन्नि मैले पुष्टि नगरी हुन्न फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।” धनप्रसादको मनले मनसँगै कुरा गरिरह्यो ।

“हजुरबुवा किन चुप रहनुभएको भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ ” उमेशको अर्को प्रश्न तेसर्ियो ।

धनप्रसाद चुपचाप रहे । गम खान थाले ।

“बाबू सानो र होचो कुरा कसले गर्यो ?”

धनप्रसादले प्रतिप्रश्न गर्नासाथ उमेशको प्रश्न ठडियो, “के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?”

धनप्रसाद हैरान भए । उनको अनुहारमा चिटचिट पसिना आयो । “केही बोलौँ त प्रश्न माथि प्रश्नको खात लाग्छ चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि हुनुपर्यो नि त ।” धनप्रसादको मनमा कुराहरू तँछाडमछाड गर्दै आए ।

राजनेताको खोजी

  • by

पात्रहरू: १, २, ३ कुर्सी खोज्ने पात्र २ चाहिँ नारी र अरू पुरुष पात्र ४, ५ जनता पात्र

(ठूलो कुर्सी छ । बैठक कोठाको दृष्य छ ।)

१ – (कुर्सी देखाउँदै) यो मेरो भागमा पर्छ मसँग यी समस्या निर्मूलको अचुक ओखती छ केवल सय दिन बस्न दिनुस् ।
२ – आजसम्म लिनु भो अब नारीको भागमा हुनुपर्छ ।
३ – यसको लायक त म हुँ मसँग दक्षिणेको साथ छ सात समुद्रपारिको समर्थन छ । अब सबको समर्थन मलाई हुनुपर्छ ।
१ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । सारालाई रिझाउँछु ।
२ – मसँग पनि छ, केवल १०० दिन बस्नदिनुस् । म काम गरेर देखाइदिन्छु ।

नेपथ्य – आखिरमा समर्थन सबसँग छ सबलाई कुर्सी चाहिएको छ यसैमा खुशी लुकेको छ, फुर्ती अडेको छ । हो, कुर्सीका अगाडि देश छैन, जनता चाहिँदैन ।

विरोधले शोषण रुन्छ हजुर

  • by

वर्ग भा’को ठाउँमा शोषण हुन्छ हजुर
विरोधले शोषण रुन्छ हजुर ।

विरोध बढेसरि प्रतिरोध बढ्दै जान्छ
प्रतिरोध बढेको कुरा विष्फोटले सुन्छ हजुर ।

विष्फोटले ध्वस्त निम्त्याउने हुँनाले
यत्तिमै रहे यसले निर्माण थुन्छ हजुर ।

खाता बन्द भो

उधारोमा खाँदाखाँदै खाता बन्द भो
नपरेर पानी पनि छाता बन्द भो ।

उठेकाले थिच्नुहुन्न बल छ भन्दैमा
यस्तो विचार राख्ने हुँदा नाता बन्द भो ।

विदेशीको मनमौजी सहन्न भन्दा
मेरा लागि उसको घरको हाता बन्द भो ।

संसारको सृष्टिको कथा

प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।

एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।

ज्ञानको भोको भएर स्कूल धायौ सधैँ (बाल गजल)

ज्ञानको भोको भएर स्कूल धायौ सधैँ
प्रत्येक दिन केही न केही पायौ सधैँ ।

पुरानो जान्छ वर्षौँवर्ष नयाँको हो पालो
रीत यस्तै छ नानी माया लायौ सधैँ ।

अनुशासन शिरमा राखी मनचाहिँ दियौ
त्यसैले त सबको दिलमा छायौ सधैँ।

मेरो मिल्ने साथी छ

  • by

अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ
दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ ।

भेडाऊँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ
खानेसुत्ने ठेगानै हुन्न त्योभन्दा त जाति छ।

मर्यो भने भेडाऊँटकै भाउ मात्रै मिल्दा त
भन्ने गर्छ अरबलाई मानवकै घाती छ।

क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम

  • by

क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम
नखुल्ने ओठलाई खोल्दिने मातलाई सलाम ।

पुरानो विध्वंस भएमै आउँछ नयाँ
नवयुग आरम्भ गर्दिने साथलाई सलाम ।

जमेको पोखरी कस्तो छ, सरिता कस्तो
अन्धयुग उफारी फ्याल्दिने लातलाई सलाम।

प्रतिघात बिनाको शुरु छैन कि कसो हजुर
सृष्टिमा नौलोपन थप्दिने घातलाई सलाम ।

तराई

  • by

हिमालमा हिउँ फुल्दा सुवास लिन्छ तराई ।
पहाडमा पैरो जाँदा निवास दिन्छ तराई ।

अग्लो होचो भन्ने कुरा कोशमा छैन यसको
आफ्नो को हो यस्ता कुरा तुरून्त चिन्छ तराई ।

मुसर्निया उभिएर शिरमा टोपी लाउँदा
ढक्क फुल्छ चोमोलुङ्मा कसले छिन्छ तराई ।

दाजुभाइ दिदीबैनी मिलेर बस्दासम्ममा
बहुमूल्य मोल हुन्छ कसले किन्छ तराई ।

गरिबी रेखा कटौँ हजुर

  • by

मातृभूमिको हितमा अब दिलोज्यानले डटौँ हजुर
एकै बृक्षको शितल ताप्दै गरिबी रेखा कटौँ हजुर।

सुतेकालाई नबिउँझाई आफ्नै सुरमा अगाडि बढ्दा
भुलमा भुल थप्दै जाँदामा कराल बन्छ हटौँ हजुर ।

मौकामा मुख नखोल्ने हुँदा चपरीमुनि भयो निवास
लुटेराबाट सधैँ लुटिने समुहबाट छटौँ हजुर ।