Skip to content
NandalalAcharya


दुःख र सुख खहरे खोला
आउने र जाने तिनेरको काम
न आयो सुख न गयो दुःख
सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन
विगत वर्ष पात्रो फेरियो
मनस्थिति फेरिएन
वसन्त आयो पालुवा लागेन ।
नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन्
समस्या जन्म्यो समाधान जन्मिएन
बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो
चेत खुल्यो मन खुलेन
नहुने हुँदै गए हुने हुँदै भएनन् ।

कानून मर्यो शान्ति भीरबाट खस्यो
आँसुको मूल फुट्यो हाँसोको उठिवास भयो
अब त जनता जन्मियून्
नूतन वर्ष ०६७ नौलो युग सावित होस् ।

दुःखले निकास फेला पारोस्
सुखले राज भेट्टाओस्
नेतानेतृ जनतामा रुपान्तरित होऊन्
कानून जागोस् हाँसोको मूल फुटोस् ।
राष्टिय अखण्डता समुन्नतिमा मन जागोस्
चाँडै यो भूिम
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल! बनोस्
हिमाल अटोस् पहाड नछुटोस् तराई पराई नबनोस्
आमा हाँसून् सन्तान नाचून्
एक युगको एक वर्ष ०६७ बनोस्
समस्त महानुभावहरुमा
नूतन वर्ष ०६७ को शुभ घडीमा
अक्षान्त! को मगलमय शुभकामना !!!

तपेश्वरी-१ गल्फडिया उदयपुर
सम्पर्क ः मो नं. ९८४२८२९२०६-९८०७७७९७६८
हाल ः लिट्ल फ्लावर मा.वि. राजविराज-९ सप्तरी फोन न।ं ०३१५२००३८
दिनाङ्क ः ०६६।१२।२७

मेरो परिचय

१. नाम ः नन्दलाल आचार्य
२. जन्म-स्थान ः २०३०-०३-२८ ठोक्सिला-जहडा उदयपुर
३.स्थायी ठेगाना ः तपेश्वरी-१ गल्फडिया उदयपुर
४. माता-पिता ः भगवती-विष्णुप्रसाद आचार्य
५. शैक्षिक योग्यता ः बी.ए. बी. एड. नेपाली एम.एड.
६. सम्प्रति ः प्रिन्सिपल लिट्ल फ्लावर मावि राजविराज-९ सप्तरी
फोन नं ०३१५२००३८

७. संलग्नता-उपलब्धी ः
– २०५० देखि संस्थागत विद्यालयमा शिक्षणरत्
– २०५२ सालदेखि साहित्य कविता कथा निबन्ध र नाटक-एकाङ्की लेखन क्षेत्रमा सकि्रय ।
– स्थानीय तथा राष्टिय पत्रपत्रिकामा दर्जनौं कविता कथा समालोचना एकाध निबन्धहरू र थुप्रै नाटक-एकाङ्कीहरू प्रकाशित
– राजविराज सप्तरीबाट प्रकाशित हुने सत्यापन राजविराज टुडे न्यूज टुडे आजको वातावरण दैनिक श्रीसत्यापन जनक्रान्ति कृष्णा दैनिक जस्ता पत्रिकाहरुमा निरन्तररुपमा स्तम्भ लेखन तथा साहित्यिक एवं समसामयिक लेखहरू प्रकाशित ।
– सगरमाथा साहित्य परिषद् राजविराजमा आबद्ध
८ सम्पर्क ः मो नं ९८४२८२९२०६-९८०७७७९७६८

९. सर्वप्रथम प्रकाशित रचना ः १ कविता ः कवि देवकोटा सर्वश्री दैनिकमा
२ निबन्ध ः हडबडिएको मनका अक्षरहरु
सन्ध्या र् ैमासिक साहित्यिक पत्रिका
३ हाँस्यव्यङ्घय एकाङ्की ः छलछाम छात्ते छ पाटी शब्दाङ्कुर मासिक साहित्यिक पत्रिका
४ नाटक ः थोरै भए सुखैसुख धेरै भए दुःखैदुःख २०५४
५ नौ नेताका नौ रस एकाङ्घी २०५४
६ समालोचना ः मधेश आन्दोलनले जन्माएको उपन्यास घुर! वर्ष ः ३९ – पूर्णाङ्क ः १३७ – असार-श्रावण ः २०६५ अभिव्यक्ति मासिक पत्रिकामा
७ हाँस्यव्यङ्घय गीत- कविता ः मधुपर्क साहित्यिक मासिकको हाँस्यव्यङ्घय विशेषाङ्कमा गीत र फित्कौली साउन ०६५ मा हेलो हेलो शीर्षकको कविता ।

१०. रचना प्रकाशित राष्टिय साहित्यिक समाचारमूलक एवं वैचारिक पत्रिकाहरू ः गरिमा मधुपर्क र्मिमिरे कलम समष्टि शब्दाङ्कुर अभिव्यक्ति जनमत गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट नेपाल समाचार पत्र राजधानी कोशी विमोचन सन्ध्या आँखा रचना दायित्व शब्दसंयोजन जनधोष जनमत फित्कौली शब्दसंयोजन जनादेश जस्ता राष्टिय साहित्यिक एवं वैचारिक पत्रिकामा समेत वेलावेलामा कविता कथा निबन्ध नाटक समीक्षा-समालोचना र एकाङ्कीहरू प्रकाशित ।

११. विधा ः एकांकी नाटक कविता कथा र निबन्ध ।

१२. प्रकाशित अन्य रचना र विधा ः १ र्मिमिरे साहित्यिक मासिकमा आगो निलेका अनुहारहरू कविता वर्ष ३५ अंक १२ पू. २५९ ०६३ चैत्र महाभूुल उपद्रव शिरोमणिदेखि सचेत नागरिकसम्मको कथा चिल र चिलोरको कथा कथा दर्द एकांकी २ जनमत साहित्यिक मासिकमा पलाष्टिकको पोको पू.१२७ प्रगतिशील कथाहरुको संग्रह मध्यरातमा ः एक विश्लेषण मणि कोइमीको कविता संग्रह बारे समीक्षा आस्थाको अग्निपथ एक विश्लेषण
३ शब्दाङ्कुर साहित्यिक मासिकमा- छलछाम छात्ते छ पार्टी एकाङ्की वर्ष ६ अंक १० पू. ७२ असोज ०६४ देश हराएको सूचना एकाङ्की वर्ष ७ अंक ३ पू. ७५ पुस ०६४ आत्मकथ्य लेख ०६५ केही कथाहरू
४ रचनामा- राष्टिय झण्डा कविता वर्ष ४८ पू. ९६ ०६५ बैशाख जेठ
५ विमोचनमा- गजल कविताहरू
६ कोशी मासिकमा- राजनीतिमा साहित्यले पारेको प्रभाव लेख निओलको भोको रात कथासंग्रह वारे समीक्षा कवि पुण्य कार्कीको कविताको समीक्षा कवि लेखबहादुर बारे समीक्षा र थुप्रै कविताहरू
७ आँखामा- नयाँ वर्ष कविता सोह्रौँ अंक र अभिभारा कथा वर्ष ४० अंक १७ २०६५
८ जनादेशमा कविताहरू
९ कलम पत्रिकामा युग उचाल्ने अक्षरकर्मीका अवसान नाटक ०६६ भदौमा
१० मधुपर्क्र पत्रिकामा गीत कविताहरू र आधा मेरो आधा तिम्रो शीर्षकको एकाङ्की २०६५ फागुन अंकमा गीत वर्ष ४० अंक १ पू. ४५६ जेठ ०६४ हाँस्यव्यंग अंक
११ गरिमा पत्रिकामा दाइजॊ शीर्षकको एकाङ्की २०६५ फागुन अंकमा
१२ फित्कौली पत्रिकामा कविता साउन ०६५ मा
१३ समष्टि पू. ८५ मा खेल शीर्षकको कविता
१४ ज्योति पत्रिकामा बाघले घाँस खायो ः एक विश्लेषण समीक्षा वर्ष ५ पू. ६ ०६५ असोज
१५ सन्ध्या पत्र लेख वर्ष २ अंक २ पू. १२ कात्तिक मंसिर पौष
१६ शब्दसंयोजन ः एकता शीर्षकका एकाङ्की प्रकाशित ०६५ मा
१७ प्रहरी ः कविताहरू प्रकाशित
१८ अभिव्यक्तिमा ः मधेश आन्दोलनले जन्माएको उपन्यास घुर! वर्ष ः ३९ पूर्णाङ्क ः १३७ – असार-श्रावण ः २०६५ नाम तिम्रो काम हाम्रो नाटक पूर्णाङ्क ः १४६ आदि ।

१३. प्रकाशोन्मृुख कृतिहरुः
१ पत्रैपत्रका पानाहरू -पत्रात्मक निबन्ध संग्रह
२. ट्ट विपरीताय नमः – लघु निबन्ध संग्रह
३ छरपष्ट जिन्दगी ः कविता संग्रह -हाल प्रेसमा
४. युग उचाल्ने अक्षरकर्मीको अवसान ः नाटक- एकाङ्की संग्रह

1 thought on “शुभकामना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *