Skip to content

अरुणबहादुर खत्री 'नदी’

आमाबाबुको मुख हेर्ने

बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् !

कृष्णाको दाजुको नाबालक छोरा आभुषणले “फुपू दिदी हजुरले आज किन हजुरबाको मुखमा लगेर मिठाइ खुवाइदिनु भएको” भने !

संगतगुनाको फल

बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने ।

“म छु एअरपोर्ट झर्ने” मैले भनेँ ।

“अंकल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे ।

20141023_ArunBahadurKhatriNadi-News

शीलाको तृष्णा लोकार्पण

प्राज्ञ उन्नति बोहरा शीलाको दोस्रो उपन्यास तृष्णा लोकार्पण भएको छ । डा. हर्षबहादुर बुढा मगर स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र नेपाल सङ्गित नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्तले संयुक्त रुपमा तृष्णाको लोकार्पण गर्नुभएको थियो ।

किन तड्पायौ प्रिय ?

आउँछु भनेर विश्वास दियौं
तिमीले मलाई
उषाकालदेखि तिमी आउने
बाटो हेरिरहे ।

घरका सबैलाई अन्तै पठाएर
एक्लै तिम्रै प्रतीक्षामा
म खाटमा पल्टिरहे ।

विप्लव ढकालको “च्याउको जंगल” (कविता सङ्ग्रह) सार्वजनिक

कवि विप्लव ढकालका प्रतिनीधि कविताहरूको सङ्ग्रह “च्याउको जंगल” कविता कृति २०७१ वैशाख १ गते सोमबार शिल्पी थिएटर, बत्तीसपुतलीमा सार्वजनिक गरियो ।

थिएटरमा कलाकारहरूले च्याउको जंगल माथि अभिनय गरेर देखाएका थिए ।

थपियो साहित्यिक पत्रिका

निबन्धकार एवं नियात्राकार युवराज नयाघरेको ह्वाइट हाउसको घामपानी नामक नियात्रा सङ्ग्रह एघारौ कृतिको वरिष्ठ साहित्यकार अभि सुवेदीले २०७० चैत २५ गते रामनवमीको दिनमा राजधानीमा विमोचन गर्नुभयो ।

नयाघरेले आफ्नो नियात्रामा स्थानलाईभन्दा पात्र र प्रवृत्तिको संवेदनशीलतालाई ध्यान दिएको दावी गरे ।

हाँसको अण्डा

कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो ।

घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले कस्तो हाँसको अण्डा ल्याएको रहेछस् ?”

राष्ट्रसेवाः मेरो कर्म

आफू जन्मेको देशको
माटोको सेवा गरिरहन पाउँ
सुखी जीवन बिताएर
सधैंभरि बाँचिरहन पाउँ ।

लोभलालच छैन मलाई
सानो ठूलो केहीको पनि
यो देश सधैं बाँचिरहोस्
आफू मरे पनि ।

सामाखुसी साहित्य समाजको २०७० माघको कार्यक्रम सम्पन्न

सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको उनन्सत्तरीऔ शृंखला सामाखुसीस्थित नवोदित कलेजमा २०७० साल माघ महिना ११ गते शनिबार सम्पन्न भयो ।

माफ माग्दा

आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो ।

“मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको ?” मैले ट्राफिक प्रहरीलाई सोधें ।

जागिर

दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।”

“हुन्छ दाइ अब म कस्सिएर पढेर लोकसेवाको परीक्षा दिन्छु र नाम निकाल्छु” प्रकाशले भन्यो ।

शहिद

शहिदले राष्ट्रको खातिर
ज्यानको आहुती दिएथे
नडराई छाती थापेर
वीरता देखाएका थिए
आफू जन्मेको यो देशमा
शान्ति ल्याउनकै लागि
ज्यानको बाजी लगाएथे

सूरक्षा (लघुकथा)

लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ ।

भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए ।

ठट्टा

कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।”

सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म बियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु ।”

सहयोग

सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।”

“अब म बानेश्वर जान लागेको छु आमा । मैले खाना पुरुयाउन सक्दिन,” किशोरले उत्तर दियो।

फाँटेको नोट आफूलाई मिल्ने रहेछ

  • by

रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।”

रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले एक धार्नी आलुको साठी रुपैया कटाएर चार सय चालिस रुपैया रामजीलाई फिर्ता दियो ।

कृतिकारको कृति बिक्रीमा

  • by

पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे ।

प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।”

कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, किनेर लैजानुस न !”

कामको मूल्याङ्कन

  • by

कवि प्रेमप्रसादले काम गर्दै आएको कार्यालयको वार्षिकोत्सवको दिन नजिकै आइरहँदा सहकर्मी साथीहरूले उनले गरेको कामको प्रशंसा गर्दै भने, “यसपाली वार्षिकोत्सवको अवसरमा कविजीले पुरस्कार पाउनै पर्छ ।”

कवि प्रेमप्रसाद इमान्दारीताका साथ काम गर्न कहिल्यै पछि पर्दैनन् । उनको कामको प्रशंसा सबैले सधैंँ गर्छन् । हरेक वर्ष उनले काम गरेको कार्यालयको वार्षिकोत्सवका अवसरमा तीनजना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार दिने चलन छ । तर उसको मनमा भने आफूले पुरस्कार पाउँछु जस्तो लाग्दैन ।

सहयोगको बिजोग

  • by

कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो ।

“ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको छु, तपाई मसँगै हिँड्नुस् लैनचौर पुगिन्छ,” रमेशले भने ।

यो सहर

  • by

अचेल यो सहरमा
मोटरहरू अन्धाधुन्ध गुडिरहेछन्
सडकका पेटी पेटीहरूमा
माग्नेहरू कचौरा तेर्छयाएर
पैसा मागिरहेछन्
तमाम् आमा र श्रीमतीहरू
छोरा र श्रीमानहरू