Skip to content

राष्ट्रसेवाः मेरो कर्म


आफू जन्मेको देशको
माटोको सेवा गरिरहन पाउँ
सुखी जीवन बिताएर
सधैंभरि बाँचिरहन पाउँ ।

लोभलालच छैन मलाई
सानो ठूलो केहीको पनि
यो देश सधैं बाँचिरहोस्
आफू मरे पनि ।

मातृभूमिको सेवा गर्ने
मेरो ठूलो धोको
सधैँभरि पूरा होओस्
इच्छा मेरो मनको ।

राष्ट्रको सेवा गरेर
आर्जन गर्छु धर्म
जनतालाई खुसी राख्ने
मेरो एउटै कर्म ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)
मोबाइल नम्बर ९८४१७९७६६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *