Skip to content

थपियो साहित्यिक पत्रिका


निबन्धकार एवं नियात्राकार युवराज नयाघरेको ह्वाइट हाउसको घामपानी नामक नियात्रा सङ्ग्रह एघारौ कृतिको वरिष्ठ साहित्यकार अभि सुवेदीले २०७० चैत २५ गते रामनवमीको दिनमा राजधानीमा विमोचन गर्नुभयो ।

नयाघरेले आफ्नो नियात्रामा स्थानलाईभन्दा पात्र र प्रवृत्तिको संवेदनशीलतालाई ध्यान दिएको दावी गरे ।

नियात्रा सङ्ग्रहको बारेमा डा. ज्ञानु पाण्डेले टिप्पणी गरिन् । नियात्राहरूमा काव्यात्मक भाषा छ उनले भनिन् । नेपाली ठेट शब्दको प्रयोगले नियात्रा सुन्दर बनेका छन् ।

उक्त कार्यक्रममा वि.एन. पुस्तक संसारले प्रकाशन गरेको पाण्डुलिपि नामक साहित्यिक पत्रिकाको पनि प्रथम अङ्कको विमोचन भएको थियो । पत्रिकाको सम्पादक दिपक सापकोटाले पुरानो साहित्यलाई नया पुस्तासँग जोड्न र सबैतिरको साहित्य र संस्कृतिलाई नजिक ल्याउन पत्रिकाले प्रयत्न गर्ने बताए ।

कार्यक्रममा राजन मुकारुङ र श्यामलले पनि आ–आफ्नो मन्तव्य सुनाएका थिए ।

प्रस्तुतिः अरुणबहादुर खत्री “नदी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *