Skip to content

सूरक्षा (लघुकथा)


लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ ।

भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए ।

लुटेराहरूले आवश्यक सामाग्रीहरू सबै लुटेर लग्न सफल भएका थिए । टोलका बासिन्दा कृष्णप्रसादकी श्रीमती राधा गुन्गुनाउन थालिन्,”रमेशको घरमा आज राती लुटेराहरूले घरमा राखेको सामान, नगद र गरगहना कसरी लैजान सकेको होला ? कुनै दिन हाम्रो घरमा आएर पनि सामान, नगद र गरगहना चोरेर लैजाने त होइन ?”

“हाम्रो घरमा भएका नगद र गरगहनालाई कुनै बैंकमा लगेर राखौं न त सुरक्षाको लागि,” कृष्णप्रसादले भने ।

“के गर्ने बेला बेलामा बैंकमा पनि अज्ञात व्यक्तिहरूले खुकुरी र पेस्तोल लिएर गइकन बैंकमा राखिएका नगद र गरगहनाहरू लुटेर लैजान सफल भएको समाचार मेरै कानले कतिपटक सुनिसकेको छु,” राधाले उत्तर दिइन् ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,
वडा नं. २९, काठमाडौं ३
मोबाइल नम्बर ९८४१७९७६६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *