Skip to content


बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने ।

“म छु एअरपोर्ट झर्ने” मैले भनेँ ।

“अंकल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे ।

म बालाजुचोकदेखि चढेर आएको हुँ भनेर मैले आफ्नो पर्सबाट बीसको नोट निकालेर सहचालकलाई दिए !

“बीस रुपैयाले पुग्दैन यसमा पाँच रुपैँया थप्नुपर्यो,”सहचालकले भने !

“मसँग पाँच रुपैँया भएन” मैले भने !

मैले उसलाई थप पाँच रुपैँया दिन नसकेपछि उसले रिसाएर अस्लील शब्द प्रयोग गर्यो !

“भाइलाई स्कुलमा सर-मिसहरूले पढाउदा यस्तो छाडा शब्द पनि बोल्न सिकाउनु भएको थियो कि ?” मैले सोधेँ ।

“मैले खराब साथीहरूको संगतले बीचैमा पढाइ छाडी सहचालकको काममा लागे र तीन साथीहरूको संगतले गर्दा मैले यस्ता अपशब्दहरू बोल्न सिके ! यस्ता शब्दहरू बोल्दिनभन्दा भन्दै पनि कहिलेकाही मुखबाट फुत्किहाल्छ र आफैंमा पश्चाताप हुन्छु र त्यस्ता शब्दहरू कहिलेकाही घरमा समेत प्रयोग हुंदा म आफैं आत्मग्लानि हुन्छु” बसको सहचालकले भने ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, ९३५/५४
काठमाडौं फोन ४३५३५९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *