Skip to content

सामाखुसी साहित्य समाजको २०७० माघको कार्यक्रम सम्पन्न


सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको उनन्सत्तरीऔ शृंखला सामाखुसीस्थित नवोदित कलेजमा २०७० साल माघ महिना ११ गते शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा रामबहादुर पहाडी, गोविन्द घिमिरे वेदमणि, हरिप्रसाद पाण्डे, राजनविक्रम थापा, कौशला लामिछाने, द्वारिका कुईकेल, आर.के.एन. खडेरी,

भीमराज ढकाल, रतिन्द्र खत्री, अरुणबहादुर खत्री “नदी”, शितल गिरी, श्रीधर पौडेल, भाग्यशाली अधिकारी, हेमन्तप्रसाद दाहाल, कमलराज के.सी., विद्याप्रसाद घिमिरे,

कृष्णबहादुर साउद, श्रीबहादुर के.सी., भगवती पौडेल लगायत विभिन्न ३६ जना कवि एवं कवयत्रीहरूले आ–आफ्ना रचना पढेर सुनाएका थिए ।

उक्त कार्यक्रम राजनविक्रम थापाले सञ्चालन गर्नुभएको थियो र शहीद दिवसको अवसरमा शहीदप्रति सम्झना गरेर एक मिनेट मौनधारण पनि गरिएको थियो ।

कार्यक्रममा सुनाइएका कविताहरूको ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गर्नुभयो । कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।

प्रस्तुतिः अरुणबहादुर खत्री “नदी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *