Skip to content


शहिदले राष्ट्रको खातिर
ज्यानको आहुती दिएथे
नडराई छाती थापेर
वीरता देखाएका थिए
आफू जन्मेको यो देशमा
शान्ति ल्याउनकै लागि
ज्यानको बाजी लगाएथे
बम र बारुद उनको छातीमा
चोट सहेर गएका थिए
बन्दुकको गोलीको चोट भोगेर
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र
तिम्रो उपहार पाएका छौं
शान्ति शान्ति भनेर
ज्यान गुमाउन पछि परेनौ
उनकै अमरत्वको लागि भनेर
सपना पूरा गराउनु छ
उनीप्रति श्रद्धासुमन अर्पण गरेर
मैले अनवरत् कलम चलाउने छु
प्रण गरी प्रतिबद्धता जनाएको छु
अमर शहिद सम्मानमा
आज अँझै म र मेरो देशलाई
तिम्रो बलिदानको खाँचो छ
पुनः यस धर्तीमा
फराकिलो छाती र दह्रो मन लिएर
एकपटक आइदिएर
नेपाल आमाका आँसु पुछिदिनोस् ।

अरुणबहादुर खत्री “नदी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *