Skip to content

राकेश कार्की

दोधार

दोधार
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

लस् एन्जेलसका साथीहरु जम्मा भयौँ
नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ
साँगीतिक साँझ सिनेमामा रमाउँदै
पार्टी डिजेमा कम्मर मर्कायौँ
सेलिब्रेटिजहरुको शहर यो
ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ
खितितिति खित्का रमाइलो गफै
विकसित देशमा चाला अर्कै
को भन्दा को कम हामी जम्मै
कस्तो कस्तो हेर फेशन आम्मै
एकादेशका राजकुमार राजकुमारी जस्तै
गगनचुम्बी महल हामी मस्तै
चिप्लिने कारमा आइफोन जोडी
हाइ हेलो ह्वाट्स अप बडी

कोठामा आएँ मस्त निदाएँ
सपनीबीच कता कता हराएँ
झुम्रो बेरी झुप्रो भित्र
अन्योलमा परेका करोडौँ मित्र
कुप्रो परी तोक्मा टेक्दै

कामदार

कामदार
इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

दिउँसो पनि काम राती पनि काम
सुस्ताउँदैन कामदार जून होस् कि घाम
साह्रै थाक्या जस्तो पसिना पुछ्दै
बोल्दैन भन्दैन ब्यथा मन भित्रै

यता गर्छ उता गर्छ फटाफट् फटाफट्
नयाँ काम गर्न तयार हुन्छ झट्पट्
घण्टा घण्टा जोड्दै गर्छ वोभर टाइम
पेनी पेनी बटुल्दै बचाउँछ डाइम

कोही साहुनी कस्ति कोही साहु कस्ता
प्याच्च भनिहाल्छन् एकैछिन बस्दा
सहीदिन्छ कठैबर भइ मरेतुल्य
दशथोपा पसिनाको एकथोपा मूल्य

भविष्यको सपना यही भो बाटो
क्षण क्षण सम्झिन्छ गाउँको माटो
दिन महिना गर्दै बिते कति बर्ष
कामदारको जिन्दगीमा कहिले आउला हर्ष ।।

फेसबुकको उज्यालो

फेसबुकको उज्यालो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

पहिले ऊ उनैमा हराएकोथ्यो
एकदम औधी मन पराएकोथ्यो
पोज पोजको फोटो सजाएकोथ्यो
फेसबुकमा जताततै छाएकोथ्यो

लाइक गर्नेका ताँती थिए
नाता गोता साथी थिए
कमेन्ट उन्को, दङ्ग रमाउथ्यो
उन्कै तारीफले वाल जमाउथ्यो

सँगै सँगैको फोटोमा ट्याग गर्थ्यो
लैला मजनु झैँ भान हुन्थ्यो
गोप्य थिएन सबै पब्लिक थियो
अहा त्यो साथ, कति खुशी थियो

त्यतिखेर ऊ फेसबुकमा उज्यालो छर्थ्यो
मलाई पनि त्यो उज्यालो मन पर्थ्यो
जो कोहीको फ्रेन्डलिष्टमा उ बल्थ्यो
सेकेण्ड मिनेट दिनचर्या मजामै चल्थ्यो

फेसबुकमा बादल धमिलिँदै गयो

अब देशमा अर्को आन्दोलन चाहिन्छ

अब देशमा अर्को आन्दोलन चाहिन्छ

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

कानुन बनाउछु भन्नेले
गैर कानुनी गर्न थाले
कहिले सासु कहिले बुहारी गर्दै
कुर्सी मात्र फेर्न थाले
छसय एक भुँडी बढाएर
भोका नांगाको बली चढाएर
जनता झुक्काउनेलाई
अलमल्लाउनेलाई
सबक सिकाउने झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

विदेशीको इशारामा
देशको माटो उडाउन थाले
हिमाल तराई भनेर
हाम्रो देश टुक्राउन थाले
जनताको पसिना पिएर
सदन हल्लाउनेलाई
जनताको घोडा चढेर
कानुन समाउनेलाई
जनताकै दह्रो झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

अब पिएर के गर्नु

अब पिएर के गर्नु

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

अब पिएर के गर्नु
आफैँले आफैँलाई गिराए पछि
झन् झन् गिर्दै जाने छौ
नशाले मोहनी लगाए पछि

खोइ त्यो सुरक्षा वरिपरी
शान इज्जत थरीथरी
शक्तिधारी रानो पाए पछि
उडेर गए सबै मौरी

कता भाग्ने कता लाग्ने
सामर्थ छैन फेरी जाग्ने
निभाउने, बल्ने माथि माथी
अँध्यारोमा लड्यो साथी

समयले हो कि बिराएर हो
धन सम्पतिले तिर्मिराएर हो
गर्नु नगर्नु गर्दै जाँदा
पल्टियो जनताकै रगत खाँदा

त्यो मजा त्यो आनन्द
खुल्दैन अब सधैँलाई बन्द
ढोग्नेहरुले सरापी थुक्न थाले
बिराजमान हुने सामु झुक्न थाले

कोही भन्छन् तँ जनता भइस्

विश्वासका बिहानी

विश्वासका बिहानी

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

कल्ले भन्छ विदेशमा

कल्ले भन्छ विदेशमा

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहाँ त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिऊँ ओढेका छन्

कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहाँ त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ

कल्ले भन्छ विदेशमा जो कोही हराउँछ
आफ्नो आफन्त भुली एक्लै रमाउँछ
यहाँ त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउँबेशी दु:खेका छन्

नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्

दरबार र झुप्रो

दरबार र झुप्रो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

के दरबार अब झुप्रो बन्छ त ?
या झुप्रो दरबार जस्तै बन्छ त ?
आन्दोलन आयो हट्यो दरबार
अब झुप्रो चाहीँ के हुन्छ त ?

नाम बदलियो दरबारको
के झुप्रोको नाम पनि बदलिन्छ त ?
दरबारबाट निस्कनेलाई दिएको सुरक्षा
के झुप्रोमा बस्नेलाई मिल्छ त ?

इतिहास पढियो दरबारको
के झुप्रोको पाठ पनि पढाईन्छ त ?
छोडीएको दरबारभित्र अनगिन्ती
झुप्रोहरुलाई सजाइन्छ त ?

दरबारको भविष्य सकियो भन्छन्
झुप्रोको भविष्य कतातिर ?
दरबार निभेपछी झुप्रो बल्छ की
या दुबै जाने हो अन्धकार तिर ?

मेरी श्रीमती

मेरी श्रीमती

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

(१)
आज पनि उस्तै रौनक जस्तो हिजो अस्ति
मेरी श्रीमती मेरो दिलमा गुलाफ फुले जस्ति
लोलाएको सन्ध्यामा संगै सुस्ताउँछिन्
हरेक बिहानी मेरो सामु मीठो मुस्काउँछिन्
(२)
भगुवान तिम्रो बरदान श्रीमतीको माया
जस्तो चर्को घाममा पनि मलाई उन्को छायाँ
हौसलाकी खानी बन्छिन् प्रत्येक बिचलनमा
वेशर्त आँट र विश्वास बोकी मनमा
(३)
उज्यालो बटुलेर सधैँ साथ सजाउँछिन्
मादक हेराइले उभाइ खुशी छल्काउँछिन्
चोखो उनको हृदयमा म धड्किन्छु
नि:स्वार्थ उनको साथ बोकी माथी उक्सिन्छु
(४)
गर्वले हरदम मेरै छेउमा उभिन्छन्

परेड

परेड खेल्दाखेल्दै जिन्दगी बित्ने भो
बन्दुक भिर्दा-भिर्दै जिन्दगी बित्ने भो ।।

आफ्नै दाजुभाइसँग म कति लडुँ
आफ्नै दिदीबैनी कुल्ची अघि कता बढुँ
तोडफोड गर्दागर्दै जिन्दगी बित्ने भो
नाराबाजी गर्दागर्दै जिन्दगी बित्ने भो ।।

RakeshKumarKarki-02

बस्दै गयो माया

  • by

बस्दै गयो माया नजिक हुँदै जाँदा
आँखा आँखा जुधी बदन छुँदै जाँदा

समुद्रको लहरमा आऊ बग्दै जाऊँ
उँडी उँडी बादलुमा प्रीति लाऊँ

ताराहरू बटुलेर दुबै मुटु भरौँ
तल तल जमिनमा खुशी छरौँ

गाउँलेहरू

रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू
जति जोताए पनि मुस्काउने गाउँलेहरू
भोकभोकै बगेका पसिना सुकाउनेहरू
मन भरीको दुःख आफैभित्र लुकाउनेहरू

तर पनि भोलिको मिठो आशमा रमाएकाहरू
एक्कैछिन आनन्दले हातगोडा फिंजाएकाहरू
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।

मृत्युको खबर

  • by

सर्सर्ती समाचार पढें आज राति
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।

कलेज पढुन्जेल मित्रता गाढा रह्यो
कमाउन परे’छि बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोहोर्याई तेहेर्याई मृत्युको खबर पढदै गएँ ।

त्यो बच्चो

त्यो बच्चो भोकै रोईरहेछ
रित्तो आमाको काख छोईरहेछ
सकी नसकी घरी घरी
स्तन चुस्न खोजिरहेछ

बोली छैन बोल्न खोज्छ
मनको कुरो खोल्न खोज्छ
झर्कीरहेछिन् आमा भोकले
बिचरो कहालिँदै अझ रुन्छ

आँधी, बतास, समुद्र गहमा

आँधी, बतास, समुद्र गहमा यत्तिखेर
बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर

जीन्दगीको ओझेलमा कसरी रमाउँ
मिठास छैन गुलियो महमा यत्तिखेर

थियो जो अब छैन मनको छेवैमा
दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर