राकेश कार्की
अभिमान
रूपक र दीपक खुबै मिल्थे । स्कुलदेखिका साथी, आइ एस्सी पनिसँगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दीपकको शहरमा घर थियो । रूपकको प्राय दीपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि गर्थ्यो । सँगै कलेज जान्थे, सँगै घुम्थे । सिनेमा हेर्ने, गफ गर्ने, होमवर्क गर्ने आदि इत्यादि सबै दुवै एकसाथ गर्दथे । एक अर्काको रमाइलोमा साथ दिन्थे, अप्ठेरोमा सहयोग गर्थे अनि दु:खमा आँसु पुछ्थे ।
