Skip to content

बस्दै गयो माया

  • by
RakeshKumarKarki-02


बस्दै गयो माया नजिक हुँदै जाँदा
आँखा आँखा जुधी बदन छुँदै जाँदा

समुद्रको लहरमा आऊ बग्दै जाऊँ
उँडी उँडी बादलुमा प्रीति लाऊँ

ताराहरू बटुलेर दुबै मुटु भरौँ
तल तल जमिनमा खुशी छरौँ

मेरो ओठमा तिमी मुस्काई रहुली
जिन्दगी सधैँभरि प्रेमले कोरौली

तिम्रो मिठो स्वरमा मुटु चलाउँला
बसन्त भै मायाको तिमीमा पलाउँला

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *