Skip to content

फूलको उपमा तिमी नै


फूलको उपमा तिमी नै
जूनको रुपमा तिमी नै

घमाइलो दिन पो रमाइलो
घामको धूपमा तिमी नै

कुरा काट्दै छ दुनियाँ
किन हो चुपमा तिमी नै

एक्का र बास्साको के कुरा
मेरो तुरुपमा तिमी नै

अल्झाई राखेको छु मैले
प्यारको हुपमा तिमी नै

Leave a Reply

Your email address will not be published. Required fields are marked *