डेरा सटुक्कै सार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले
मेरो चेहरा तिमी भए उज्यालो
तिमी नहुँदा खाली रित्तो अँगालो
भन्दै उबेला आँसु झार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले
कस्लाई फकाउन खै कस्लाई मनाउन
यता भत्काई अर्कै घर बनाउन
नयाँ घँडेरी उता खार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले
