Skip to content

प्रकाश सापकोटा

सत्य कुरा तिमीलाई संगिन भो

सत्य कुरा बोलेँ मैले तिमीलाई तिखो-तिखो संगिन भो
जाली माया अनायासै तिम्रोनिम्ति ख्वै कसरी रंगिन भो

तिमीलाई झुक्याएर तिम्रो मान्छे अन्तै-अन्तै गस्ती गर्छ
तिम्रै आँखा छली-छली तिम्रो मान्छे अरुसँग मस्ती गर्छ
तिमीले पो फाँडी गयौ ढकमक्क फूलबारी वसन्तको
म कसरी हेरी बसूँ हे बैगुनी तिमीमाथि धोका भ’को

सपना

मैले सपनालाई छुन खोजेँ
नजिकैबाट सुम्सुम्याउन खोजें

पल्लो डाँडापारिको क्षितिजनिर
कहिले उँभो चड्दै- कहिले उँभो झर्दै
कहिले उदाउँदै- कहिले अस्ताउन खोज्दै
छिनमा उत्तानो पर्थ्यो मेरो सपना

मजदुर गीत (लुटी खाने बस्दछ डकारी)

जानिएन चोरी र चकारी
त्यै भएर खाली भो भकारी
निमूखालाई हकारी-हकारी
लुटी खाने बस्दछ डकारी

ज्यानै आफ्नो खतराको अँगेनूमा झोसी
जिन्दगी यो जानै लाग्यो तल्सिङ्गलाई पोसी
बाल्नुपर्छ अगुल्टोलाई भन्छ ठोसी-ठोसी
काम गर्यो ज्याला जति उही लान्छ खोसी

तीन मुक्तक (कालु गर्छ महेनत)


कालु गर्छ महेनत जति तर भालुको गुणगान हुन्छ
गोरू ब्याउँदैन आफू तर उसको पनि सन्तान हुन्छ
भित्रभित्रै जतिसुकै अन्तर्घात गरेपनि घुस्घुसेले
दुनियाँको अगाडि त फेरि उही साक्षात भगवान हुन्छ !

हुँदैन मायामा नाफाको कारोबार

न कुनै गुनासो न कोही सरोकार
हुँदैन मायामा नाफाको कारोबार
न कुनै परिधि न केही छ आधार
माया नै प्राप्ति हो मायाको उपहार

आरिसको आगो बल्दैन मायामा
सिफारिस कसैको चल्दैन मायामा
विश्वास हम्मेसी ढल्दैन मायामा
मायाले मायालाई छल्दैन मायामा

निरस मेरो यो जीवन

निरस मेरो यो जीवन
उजाड़-उजाड़ यो संसार
चरक्कै चर्की फुट्ने
शीशा हो कि यो निधार

तुवाँलै तुवाँलो वरिपरि
न बादल देख्छु न घाम
मेरो भागको खुशियाली
कस्ले गर्यो लिलाम

सपनाकी राजकुमारी भेटें मैले बल्ल-बल्ल

केटा: सपनाकी राजकुमारी भेटें मैले बल्ल-बल्ल
अनायासै हृदय लौ भयो आज झलमल्ल

केटी: सपनाको राजकुमार भेटें मैले बल्ल-बल्ल
के गरूँ म कसो गरूँ परें आज अलमल्ल

केटा: राति-राति सपनीमा मुस्कुराउँदै आउने तिमी
घरी-घरी पिरतीको गीत गुन्गुनाउने तिमी

मिलापत्र तगड़ा भो

अलिअलि तिम्रो गल्ती अलिअलि मेरो जिद्दी, हो त्यसैले झगड़ा भो
अलिकति तिमी झुक्यौ अलिकति म ‘नि झुकें, मिलापत्र तगड़ा भो

आरिसले पनि होइन आडम्बर केही छैन, कुन्नि के भो अनायासै
तिमी रातो-पिरो भयौ म ‘नि त्यस्सै आगो भएँ, यहीं नेर लफडा भो

आँखा छलेर गै नक्कली

बाउ-आमाको अनुहारमा मोसो दलेर गै नक्कली
जान्न भन्थी कुन सड्कोमा आँखा छलेर गै नक्कली

फुर्फुर गर्थी गर्न चाहिँ गाउँ-बेशी, मेला पातमा
‘हेर्दै जाओ आगो बाल्छु’ भन्थी, बलेर गै नक्कली

दिल

एकै मुस्कानले दिल लुटाउन सक्छ
एकै बचनले दिल टुटाउन सक्छ

मन्द मुस्कान, मधूर बोलिले पलमै
अलग दुइटा दिल जुटाउन सक्छ

मायाको खंडेरीमा कसै-कसैले
मूल भनेर दिल फुटाउन सक्छ

मनको नाता मनैसँग जोडियो भने फेरि
जस्तै जोखिम पनि दिल उठाउन सक्छ

(२६ जनवरी, २०१३/ ट्रोम्सो, नर्वे)

जिउँदै आगो झोस्न थाले

आफन्तले आफन्तकै खुशीहरू खोस्न थाले
मायालुले मायालुलाई जिउँदै आगो झोस्न थाले

नठोसी त अगुल्टो नि बल्दैन भन्छन तर
अगेनूमा नठोसेर आँङ्तिरै ठोस्न थाले

(देशमा ब्याप्त हिंसाबिरुद्ध ऐक्यबद्धाता !)

आँखा नसन्काऊ न ए !

बरण्डामा निक्लिएर घाँटी नतन्काऊ न ए
मैतिर फर्किएर आँखा नसन्काऊ न ए

जवानी त जस्को पनि फुल्छ नि हौ एकताका
त्यत्ति सारो भँवरा त ओहो नभन्काऊ न ए

क्याम्पस स्याम्पस जान्न अब

बाइक ले’र नआउनू रे, क्याम्पस स्याम्पस जान्न अब
मिनी-इस्कर्ट नलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब

मिनेटपिच्छे मिस्कल र मेसेज आउँछ आफूलाई
मोबाइल बोक्न नपाउनू रे, क्याम्पस स्याम्पस जान्न अब

बेबीलोनको बंक पार्टी कस्तो मिस भा’छ अचेल
डिस्को-सिस्को नधाउनू रे, क्याम्पस स्याम्पस जान्न अब

नाराबाजी, ढुंगामूढा गर्दै मूल सडकमा
टायरै नजलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब

जमाना चै फेरिएर कहाँ-कहाँ पुगिसक्यो
ट्रेडीसन जोगाउनू रे ! क्याम्पस स्याम्पस जान्न अब

बाइक लेर नआउनू रे, क्याम्पस स्याम्पस जान्न अब
मिनी-इस्कर्ट नलाउनू रे, क्याम्पस स्याम्पस जान्न अब

थोरै काला धेरै चाहिं गोरा

थोरै काला धेरै चाहिं गोरा भेटेँ यूरोपमा
अनुभवै अनुभवका बोरा भेटेँ यूरोपमा

हिंडेपछि अगाडिको बाटो मात्र ख्याल गर्ने
मान्छेहरू धेरै एकोहोरा भेटेँ यूरोपमा

भुर्र–भुर्र उड्छे वनकी चरी

भुर्र–भुर्र उड्छे वनकी चरी
भुर भुर भुर भुर भुर भुर भुर
वल्लो डाली पल्लो डाली चाहर्छे
मन भो क्यारे फुर फुर फुर फुर

लजाउँछे, धकाउँछे, सर्माउँछे घरी–घरी
छेवै आई भागिदिन्छे डराए झैं गरी–गरी
सुमधुर गीत उस्को सुनौं सुनौं लाग्यो
मलाई सुनौं सुनौं लाग्यो
झ्याप्पै मनको पिंजडामा थुनौं थुनौं लाग्यो
मलाई थुनौं थुनौं लाग्यो
भुर्र–भुर्र………

नसोध है

आमा मलाई यहाँ मेरो कामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है

मन त थियो आमासँग घरै बसी रमाउन
सोचे फेरि मुग्लानमा सजिलो छ कमाउन
पाखुरा नै खियाउनु पर्दो रैछ जहाँ पनि
पैसा फल्ने बोट कहाँ रहेछ र यहाँ पनि

गजल

गजल

– प्रकाश सापकोटा, बनेपा, काभ्रे (हालः दोहा, कतार)

पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ
ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ

फूलै–फूल मग्मगाउने सुकोमल चाहनामा