Skip to content

दशैंबारे तीन मुक्तक


१. दशैं परदेशमा

गाउँमा भए यतिखेर लिङ्गे पिङ्ग खेलिंदो हो
धानको च्यूरा कुटिंदो हो तोरीको तेल पेलिंदो हो
आफ़्नै देशको थांतथिति अल्लि राम्रो भैदया भए
किन बिदेश छिरिंदो हो किन दुःख झेलिंदो हो

२. दशैं बाल्यकालमा

दिनमा तीन जोर कपडा त पिङ्ग खेलेर मैल्याइन्थ्यो
मामाघर जाँदै गर्दा गाउँमा हल्ला फैल्याइन्थ्यो
घरदेखि अल्लि तल राम्रीराम्री ठिटि थिई
उसैलाई ‘इम्प्रेस’ गर्न कालो कपाल कैल्याइन्थ्यो

३. दशैं बुढेसकालमा

जुन भेटिन्छ त्यै पाइण्ट्मा टम्म पेटी कस्यो
फुल्न ला’को कपालमा हल्का तेल घस्यो
बाल्यकालको दशैं जस्तो के हुन्थ्यो र बुढेसकालमा
उ: बेलाको दशैं सम्झ्यो, दङ्ग पर्यो बस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *