Skip to content

जितियो भनेर नफुल्नू


जितियो भनेर नफुल्नू फेरि
उत्तरदायित्व नभुल्नू फेरि

राष्ट्रको ढुकुटी आफनै गोजीमा
अँचेटी अँचेटी नहुल्नू फेरि

जनचाहनालाई कुठाराघात गरी
सत्ताकै आसपास नडुल्नू फेरि

उत्तरी शक्ति या दक्षिणी शक्तिले
झुलाउन खोज्लान् नझुल्नू फेरि

भ्रष्टाचार, दुराचार भएको भाँडोमा
मिस्सेर त्यसैमा नघुल्नू फेरि

जनताले खर्चेको रगत, पसीना
नपरोस् जनतैले असुल्नु फेरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *