तर्की-तर्की जानेलाई ब्यर्थै केको बिन्तीभाउ
भाउ खोज्ने खोजिरहुन पर्दिन म छेउछाउ
जस्को साथ, सङ्गतले पुरा हुन्छ अहम्-स्वार्थ
उस्कै चरण समातेर छोइरहुन उस्कै पाउ
देखाउने दाँत रैछ सादा जीवन उच्च बिचार
बाहिर-बाहिर एउटा कुरो भित्र-भित्र अर्कै दाउ
अडिग छ मेरो अठोट डग्ने छैन आफ्नो ठाउ
ब्यर्थै केको तिकडमबाजी, ब्यर्थै केको बहकाउ
