बद्रीप्रसाद दाहाल
व्यङ्ग्यका निधि भीमनिधि
नेपाली वाङ्मयका अनन्य साधक भीमनिधि तिवारीको जन्म वि.सं १९६८ फाल्गुण ३० गते र निधन २०३० जेठ १९ गते भएको हो । सातै वर्षको बाल्यावस्थामा मातृममताबाट वञ्चित हुनु परेका भीमनिधि साहित्यका विविध विधामा मूर्धन्य हस्ती हुनाको अलवा कुशल प्रशासक, शिक्षापे्रमी, परोपकारी एवं हिन्दुधर्मप्रति उच्च आस्था राख्ने मर्मज्ञ प्रतिभा थिए ।
