भन्छौ हामी, सहिद सपता पूर्ण गर्छौं लडेर ।
लेख्छौं हामी, समर वरको गानमा चर्किएर ।।
किन्तु छैनन्, हिमगिरि सरी भावनामा उचाइ ।
ढोगी-लोभी, कलुषित भयौ स्वार्थमै छम्छमाई ।।१।।
आफ्नै मात्रै, अनुकूल हुने बोल बोलेर आज ।
बिग्रियो धेरै, अझ तल गयो, क्रान्तिकारी समाज ।।
थोदाका ती, समर-सपना कुल्चियौ शक्ति पाई ।
योद्दाका नै, रगत कणमा, कुल्चदैछौ रमाई ।।२।।
उल्टो बग्छन्, नद-नदी यहाँ, वीरगाथा डुबाई ।
कोल्टो फेर्ने, कठिन अति भो, स्वार्थमा रङ्भङ्ाई ।।
रापी-पापी, कुटिल बलमा बज्र वर्षा गराऊँ ।
योद्दाका ती, धवल सपना, फुल जस्तै फुलाऊँ ।।३।।
