एकाबिहानै
मन्त्रीको भेटमा
गएको थिएँ गेटमा
पुग्दा देखें
भित्र छिर्न
मनिसहरुको लस्कर छ
कोही तस्कर छ
कोही अबसर छ
कोही हर्ता-कर्ता
कोही कार्यकर्ता ।
त्यहाँ हेर्दा
तस्कर आएको छ
पैसाको पुला बोकी
अबसर आएकोछ
रम र कोका कोला बोकी,
बिचरा कार्यकर्ता आएको छ
समस्याको झोला बोकी।
त्यसैले त्यहाँ
हर्ताकर्तालाई बोलावट छ
कार्यकर्तालाई रोकावट छ।
लुरु-लुरु
कार्यकर्ता हिंडेका छन्,
चिल्लो पजेरोमा
हर्ताकर्ता गुडेका छन् ।
त्यसैले त्यहाँ
गुड्नेलाई खुला
हिंड्नेलाई छेकावट छ।
अबसरको जात छैन
तस्करको “वाद” छैन
तर बिचरा कार्यकर्ता
एउटै “वाद” घोकी
सधैं झोला बोकी
लस्करमा लाम लागेकै छन
कर्मी माहुरी भएर ।

>>अबसरको जात छैन
तस्करको
>>अबसरको जात छैन
तस्करको “वाद” छैन
तर बिचरा कार्यकर्ता
एउटै “वाद” घोकी
सधैं झोला बोकी
लस्करमा लाम लागेकै छन
कर्मी माहुरी भएर ।
क्या वात! सर्वसाधारणले झोला बोक्नुको सट्टा सच्चा सर्वसाधारण भए पो नेतालाई उचित समयमा उचित किसिमले सिस्नोपानी लाउन सकिन्थ्यो, अनि देश पनि अलि पारदर्शी हुन्थ्यो । परिवर्तन हुन पर्ने हामी सर्वसाधारण हौं; हामी फेरिए नेता भनेका आफैं फेरिंदै फिल्टर हुँदै जान्छन्।