Skip to content


दशै आयो
तिहार आयो
फेरि चल्छ जुवाको खाल
कोही हुने जोगी
कोही हुन्छ मालामाल
त्यसैले सबैको एउटै दाउ
सत्तै हान्ने चाल ।

चौकाले मौका हेर्छ
छक्काले छक्काउछ
पन्जाले पछार्छ
अट्ठाले अड्काउछ
तर सत्ता मालामाल
त्यसैले सबै एउटै दाउ
सत्तै रोज्ने चाल ।

क्रिकेटमा छक्का राम्रो
फूटबलमा अट्ठा (octupus) राम्रो
तर राजनीतिमा
सत्तै छ धमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्तै खोज्ने चाल ।

सत्ता हान्नेहरू
उक्सिने,चाउरिएका गाल
पलाउने झरेको त्यो बाल
सुध्रिने सारा बिग्रिएको हाल

किनकि

सत्ताले गर्छ ठुलै कमाल
त्यसैले खेल्दा खाल
सबैको एउटै दाउ
सत्ता नै हान्ने चाल ।

1 thought on “सत्ता (झटारो)”

  1. सदाझैं बिभिन्न कोणबाट व्यंग्य
    सदाझैं बिभिन्न कोणबाट व्यंग्य हान्नुभो। हुन त राजनीति हाम्रो समाजको केन्द्रबिन्दु हो, अन्य क्षेत्रमा पनि झटारो हान्ने गर्नुभो भने अलि खुराक धेरै पस्केर आफ्नो क्षेत्र पनि ठुलो बनाउन सक्नुहुन्छ भन्ने कुरामा द्विविधा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *