Skip to content


धनी हिंडे पनि गरीब हिंडे पनि
लाटो हिंडे पनि
बाठो हिंडे पनि
सबै हिंड्ने एउटै बाटो।

दानी हिंडे पनि
ज्ञानी हिंडे पनि
लोभी हिंडे पनि
धोबी हिंडे पनि
जोगी हिंडे पनि
भोगी हिंडे पनि
सबै हिंड्ने एउटै बाटो ।

जो हिंडे पनि
बाटोको कुनै रोकावट छैन
बाङ्गो भए पनि
नाङ्गो भए पनि
उकालो भए पनि
भिरालो भए पनि
बाटोमा कुनै थकावोट छैन ।

बाटो सधैं
हामीलाई बाटो देखाएकै छ
गाडी गुडाउन होस
जहाज उडाउन होस
टायर जलाउन होस
आन्दोलन चलाउन होस
जसरी प्रयोग गरे पनि
बाटोको कुनै सिकाएत छैन ।

एक पटक
बाटो भएर हेर
बाटो भएर सिक
वास्तवमा
बाटोमा हिंडनुभन्दा
बाटो भएर हिंडाउन
कति गाह्रो छ
बाटो भएर सिकाउन
झन कति साह्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *