ठुला ठुला सडकमा
मान्छे खाली पाएँ
नेपालको बयान गर्दा
मिठो ताली खाएँ
नेपाललाई माया गर्ने यहाँ
धेरै मान्छे पाएँ
सभ्यताको हिमचुली
धेरै माथि पाएँ ।
दिनको भन्दा चहलपहल
रातमा धेरै पाएँ
रक्सी पानी पिउने धेरै
युवा युवती नै आए
कोही खाए रक्सी चुरोट
कोही चुम्बा खाए
अग्ला अग्ला युवतीहरू
लुगा धेरै छोटा लाए ।
प्रकृतिलाई माया गर्ने
शहर मैले पाएँ
मानौ मेरो स्वागतमा
चरीले गीत गाए
बहु संकृति शहर यो
राम्रो हित पाएँ
नेपालको निम्तो दिदै
धेरै मित लाएँ
सुबिधाको सम्पन्न नदी
बगेको यहाँ पाएँ
एकल वृद्ध-वृद्धा पनि
यहाँ धेरै पाएँ ।
नेपाल यस्तो कहिले होला
खिन्नताले छाएँ
राम्रो नेता जन्माइदेऊ न
कालीको चरण समाए।
(हाल अस्ट्रेलियाको एडलाइड शहर घुम्दाको अनुभूति)

