सबले भन्छ्न वाह वाह यहाँ
नाम चलेपछि
बिस्तारै बिर्सन्छ सबले
काम चलेपछि।
हजारौंले धाउँछन् यहाँ
दाम फलेपछि
अँध्यारोले पनि चियाउँछ
दिन ढलेपछि।
सबै ताप्न आउँछन्
आगो बलेपछि
कसले थाम्न आउछ
खाँबो गलेपछि।
आउने जाने कत्रो भीड
सत्ता चलेपछि
झिगो पनि हराउँछ
शक्ति ढलेपछि ।
– प्रेम ओली

वाह! वाह!! सत्य कुरा गर्नुभो
वाह! वाह!! सत्य कुरा गर्नुभो प्रेम ओलीजी, सधैं झैं!