Skip to content

यी हुस्सुहरूलाई

  • by


पारीलो घाम त्यो
हुस्सुहरूले छेकेपछि
देशको भबिष्य
झन अन्योल भयो
कहिले कुहिरो भएर
कहिले तुवालो भएर
यी हुस्सुहरूले
आकाश टेकेपछि
देशको मुहार
झन अन्धकार भयो
न बोटको माया
न गोठको माया
यी हुस्सुहरूले
ढपक्क
न्यानो घाम छेकेपछि
भिटमिन डि बाट
जनता झन बन्चित भयो
अब यी हस्सुहरूलाई
घर-घरबाट राँको बाल्दै
गाउँ-गाउँबाट आगो फाल्दै
भञ्ज्याङ कटाउनु पर्छ
अगुल्टोले हान्दै
नौ डाँडा कटाउनु पर्छ
देशलाई छाया पारेर
हिउँले जस्तै
जनताको रगत चुस्ने
यी हुस्सुहरूलाई
राँके जुलुसले
नेटो कटाउनु पर्छ
मुग्लान पठाउनु पर्छ ।

प्रेम ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *