तुलसी

नारी उपन्यासकार केन्द्रीत समालोचना

  • by

नेपाली साहित्यमा नारी साहित्यकारहरूको कमी भएको सन्दर्भमा बेलाबेलामा टीका-टिप्पणीहरू हुँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवनको मूल्य खोजिएका निबन्धहरू

  • by

नेपाली साहित्यमा निबन्ध विधालाई रुखा-सुख्खा विधा मानिन्छ र पनि यसमा कलम चलाउनेहरूको भने कमी नै चाहिँ छैन । निबन्धका उपविधा-नियात्रा एवं हास्यव्यङ्ग्य लेखन र पठन दुवैका दृष्टिले चल्तीका भए पनि आत्मपरक विषय-सन्दर्भका निबन्धहरू चाहिँ कमै लेखिनेमा पर्दछन् । विचारप्रधान यस्ता निबन्धहरूको स्वतन्त्र फैलावट तथा समाजको एक गौरवपूर्ण पात्रको जीवनवृत्त पढेर लिन सकिने लाभ निबन्धभित्र असीमित नै हुन्छ । यस्तै निबन्धकारमा पर्दछन्- जयदेव गौतम ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू

  • by

नेपाली साहित्यमा पुरुष साहित्यकारहरूको तुलनामा नारी साहित्यकारहरूको उपस्थिति गुणात्मकरूपमा पछिपरेको त त्यसै पनि छँदैछ भने सङ्ख्यात्मक रूपमा पनि कम अनुभव हुँदै आएको हो । स्थापित अघिल्लो पुस्तालाई छोडेर पचासको दशकदेखि कलम चलाउन थालेर आफ्नो दरिलो उपस्थिति देखाइसकेका केही महिला साहित्यकारहरू विधागतरूपमै स्थापित भइसकेका छन् । कथाकार तृष्णाराज्यश्री कुँवर पनि यसैमा पर्छिन् र उनको भर्खरै प्रकाशित कथासङ्ग्रह ‘सेराज अहमद’ ले उनलाई महिला कथाकारको सूचीमा दर्ता गराएको मात्र नभएर सिङ्गो कथाविधामै दरिलो उपस्थिति सावित गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलाइत यात्राका अनुभूतिहरू

  • by

कविता, आत्मपरक निबन्ध र नियात्रामा कलम चलाएर प्रकाशित कृतिहरूको सङ्ख्या दर्जन कटाइसकेका भीष्म उप्रेतीको पछिल्लो कृतिकारूपमा भर्खरै प्रकाशित भएको छ ‘घर र्फकने दिन’ । उनको साहित्यिक लेखनको पहिलो सङ्गृहीत खुड्किलो यात्राका केही थुँगा फूल (२०४६), नीलो पानी र नीला भावनाहरू (२०५५), लहरलहरका अक्षरहरू (२०५८), तेहरान डायरीको एक साता (२०६३) र घर र्फकने दिनले उनलाई कवि जत्तिकै सशक्त नियात्राकार व्यक्तित्वका रूपमा पनि स्थापित गराएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाहालको भोगाइको दस्तावेज

  • by

मानिसले आफ्नो जीवनकालमा अनेक दुःखकष्ट भोगेको हुन्छ, हण्डर र काष्टिहरू काटेको हुन्छ, उकाली-ओरालीहरूमा यात्रा गरेको हुन्छ । समयको गतिशील प्रवाहसँगै निरन्तर बग्ने जीवनका भोगाइहरू एकनासका कसैका पनि हुँदैनन् । सुख र व्यस्ततामा दुःखले काटेका दिनहरू अन्तर्मनमा छोपिएका हुन्छन् तर जब दुःख र पीडाले छोप्दछ, मान्छेले त्यसलाई भुसभित्रको आगोजस्तै गरी खोसि्रएर बाहिर निकाल्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •