पेशल आचार्य
मान, सम्मान र भुक्तमान
हरेक मानिसलाई पुरस्कारले हौसला दिन्छ र दण्डले दुःख । मानव सभ्यताको इतिहासका प्रत्येक सन्दर्भमा त्यो पढिएको, देखिएको र भोगिएको छ । संसारमा हरेक क्षेत्रमा नामी र दामी पुरस्कारका व्यवस्था भएका छन् । संसार प्रसिद्ध ‘सिएनएन हिरो’को पुरस्कार नेपालकै प्रख्यात समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पाए । अँझ पुष्षा बस्नेतले त ‘सिएनएन सुपर हिरो’ को पुरस्कार समेत पाएकी थिइन । उनले पाएको पुरस्कार र कोइरालाले पाएको पुरस्कारले नेपाली समाजमा महिला र बालबालिकाका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् ।
