‘भूकम्पपछिको साहित्यको धार’ विषयक अनुसन्धान कार्यशाला
किताब लेख्नकै लागि एउटा विश्व चर्चित र गम्भीर लेखक नेपालका जिल्ला जिल्ला गएर अनुसन्धान गर्छन्भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यस्तै एउटा रमाइलो कार्यक्रम हालै मन्थलीमा सम्पन्न भएको छ । न सभापति, न स्वागत् भाषण न अतिथि केही पनि औपचारिकता नदिइकनै एउटा प्रोडक्टिभ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमले अनुसन्धान र अनुभूति बाँड्ने मौका सहभागी सबैलाई दिएको छ । समाचार हो –३ नं. प्रदेश, रामेछाप जिल्लास्थित मन्थली नगरको ।
‘साउथ एसिया सेक्सन स्कुल अफ ल्याङ्ग्वेजेज्, कल्चर एण्ड लिङ्ग्विष्टिक अफ नेपाली एण्ड हिमालयन स्टडी’, लण्डनका प्रा.डा.माइकल हट सहभागी भएको ‘भूकम्प पछिको साहित्यको धार’ विषयक बौद्धिक कार्यशाला हालै मन्थलीमा सम्पन्न भयो ।

नाम मे क्या लिखा है ? एकथरीले भन्छन् –यो कुरा । तर नाममै छ सबैथोक । नामका लागि मानिसले के गर्दैन ? कर्म, कुकर्म, सुकर्म सबैथोक गर्छ । फरक छ –नामको मेसो र मेहेरो । सुनाम या कुनाम ।
‘जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् ।’
१) जीवनको करिबकरिब उत्तरार्धतिर पुग्नै लाग्दा भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित ‘लेन्स’हरूले सुदूर बाल्यवस्थालाई हेर्दा कस्तो देखिँदो हो, तपाईंका आँखाबाट ?
रत्नपार्कबाट जबजब म कीर्तिपुरको माइक्रो चढ्छु मेरो मन एक प्रकारले चाञ्चल्य अनुभूति हुन्छ । सो रुटमा प्रायसः विद्यार्थी र बौद्धिकहरूसँग गफिँदै जान पाइने सुविधा भएकाले ममा खुसीको बेहद् उपस्थिति हुनेगर्छ ।