Skip to content

पेशल आचार्य

‘भूकम्पपछिको साहित्यको धार’ विषयक अनुसन्धान कार्यशाला

किताब लेख्नकै लागि एउटा विश्व चर्चित र गम्भीर लेखक नेपालका जिल्ला जिल्ला गएर अनुसन्धान गर्छन्भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यस्तै एउटा रमाइलो कार्यक्रम हालै मन्थलीमा सम्पन्न भएको छ । न सभापति, न स्वागत् भाषण न अतिथि केही पनि औपचारिकता नदिइकनै एउटा प्रोडक्टिभ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमले अनुसन्धान र अनुभूति बाँड्ने मौका सहभागी सबैलाई दिएको छ । समाचार हो –३ नं. प्रदेश, रामेछाप जिल्लास्थित मन्थली नगरको ।

‘साउथ एसिया सेक्सन स्कुल अफ ल्याङ्ग्वेजेज्, कल्चर एण्ड लिङ्ग्विष्टिक अफ नेपाली एण्ड हिमालयन स्टडी’, लण्डनका प्रा.डा.माइकल हट सहभागी भएको ‘भूकम्प पछिको साहित्यको धार’ विषयक बौद्धिक कार्यशाला हालै मन्थलीमा सम्पन्न भयो ।

भार्या चिन्तन

नाम मे क्या लिखा है ? एकथरीले भन्छन् –यो कुरा । तर नाममै छ सबैथोक । नामका लागि मानिसले के गर्दैन ? कर्म, कुकर्म, सुकर्म सबैथोक गर्छ । फरक छ –नामको मेसो र मेहेरो । सुनाम या कुनाम ।

अहर्निष तर्तरी पसिना चुहाएर बाटो खन्नेको नाम सुनाम । अचाडु तर्कको भीरैभीरबाट ओर्लेर बाटो भत्काउनेको नाम कुनाम । बाटो हिँड्नेको नाम संसारमा कसैले अहिलेसम्म लिएको था’ छैन । लिने छैनन् । भनिन्छ, जो बीचमा छ उही मारमा पर्छ ।

चौथो जगदीश घिमिरे स्मृति सभा सम्पन्न

नेपाली आख्यान साहित्यका धरोहर तथा चर्चित साहित्यकार जगदीश घिमिरेको सम्झनामा गएको हप्ता मन्थलीमा ‘जगदीश घिमिरे प्रतिष्ठान’ को आयोजनामा विविध कार्यक्रमका बीच एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजधानीबाट आएका विभिन्न विधाका चर्चित, स्थापित र स्वनामधन्य दुई दर्जन साहित्यकारहरुको समेत सक्रिय उपस्थिति रहेको थियो ।

20171226_PeshalAcharya-BimalBhaukajiInterview

विमल भौकाजीसँग छलफल

‘जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् ।’

‘बाँच्न जाने जीवन भनेको उत्सव रहेछ ।’

‘धार्मिक क्षेत्र, कला–संस्कृतिमा पनि विकृति छ । सही, सत्य हुनु भनेको आजको समाजको नकारात्मक पक्ष भएको छ । जो धूर्त छ, जो पाखण्डी छ, जो बेइमान् छ, जो दूराचारी छ, जो भ्रष्टाचारी छ उही नै इज्जतदार कहलाइन्छ । सायद यसैको लहैलहैमा साहित्य क्षेत्र पनि अनुसरित छ ।’

– विमल भौकाजी, लेखक/सम्पादक

20171212_PeshalAcharya-MaheshPrasai

बत्तीस प्रश्न : कवि महेश प्रसाईंलाई

१) जीवनको करिबकरिब उत्तरार्धतिर पुग्नै लाग्दा भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित ‘लेन्स’हरूले सुदूर बाल्यवस्थालाई हेर्दा कस्तो देखिँदो हो, तपाईंका आँखाबाट ?

– बाल्य जीवनका सुमधुर स्मृतिहरू अलौकिक आनन्दमा रुपान्तरण हुँदा रहेछन् । मीठो र अमूल्य वस्तु खोसिएको अनुभव हुँदो रहेछ । भोगाइ भन्ने सन्दर्भचाहिँ उकाली र ओह्राली गरिरहने निरन्तरको एउटा प्रकृया हो जो दोछायाँ बनेर प्रकट भइरहन्छ, जीवनको दसगजामा । कहिले प्राची, कहिले गोधूली, दुवै प्रकारको अनुभूति फरकफरक कालखण्डमा प्रकट भइरहँदा एकप्रकारले दर्दमय सुख प्राप्त हुने रहेछ ।

मौलिक साँझ

दरबारमा साँझ
घरबारमा साँझ
उष्ण साँझ
शितोष्ण साँझ
तृप्तताका सन्धिसर्पन भित्र
अनेक साँझ,

अवतार साँझहरू
कतै गुनासा भाक्छन्
संघीय साँझहरू
कतै विद्रोह कबोल्छन्

आतङ्क उपस्थिति

अनुहारै तर्सेको छ नदीको
यसअघि
नदीहरू कहिल्यै
डराएर बगेका थिएनन्
पहाडहरू टुक्रुक्क बसेर
जूवामा च्याँखे थाप्नेजस्ता देखिएछन्
यसअघि
पहाडहरू कहिल्यै
जुवाडे भएका थिएनन्

फूलको गाजल

आँसुले नपखाल्ने
संसारको कुनै दुःख छैन
मिल्नुभन्दा ठूलो हित
कसैको पनि हुँदैन
जूनको शीतलताले
आजसम्म कसैलाई पनि
पोलेको था’छैन

नारायणहिटी

मलाई तराईबाट
छक्कड काटेका पूर उमेर नभएका अधबैँसे एक हल गोरु
साथमा दरो फलामे कल्टी हलो ल्याएर
भग्नावशेष भएको त्रिभूवन सदन वरिपरि
मज्जाले लुँडी झिकीझिकी हलो जोतेर
तोरी छर्न मन लागेको छ,

भगलु मुसहर

आधा मीटर कोरा कपडाको लगौँटी लगाएर
जीवनका आधा वसन्त बिताउने
भगलु मुसहर
जन्मदा उसको बाउ मालिकको बाँधा थियो,

यसैबीच
मुलुकमा छयालिस र बासठ्ठीका परिवर्तनहरू भए
तर उसको दिनचर्यामा कुनै परिवर्तन आएन
जमिनदारको चाम्रो छातीजस्तो
माटो उधिनिरह्यो – हरेक हिँउद
तर आफ्नो भविष्य वीजाङ्कुरण भएन

मान्छेका हुलहरू हुनः मान्छेका हुलहरू होइनन्

जेब्रा क्रसिङ्का दाँयाबाँया
चौडा सडकका छातीमा उभिएका
सडक वारपार गर्न आतुर
छरपष्ट छिरलिएका छिचिमिराझैँ
ढाडमा नदेखिने भारी बोकेका
टाउकामा नदेखिने बोझ उचालेका
भयमिश्रित लेप दलेर
आतङ्क घुलित सुगन्धमा घुलेर

अक्षरहरूको बिस्कुन

कम पीडा र औडाहा भयो होला प्रथम अक्षर निर्मातालाई ? यो अगम्य साथै अबोध्य छ । केवल कल्पना गर्न सकिन्छ वास्तविकता छिचोल्न सकिन्नँ ।

आफूले खोजेर जिज्ञासाको अँध्यारो गर्तबाट निकालेको अक्षरलिपि प्रयोगको खुसीमिश्रित भाव र संसारलाई देखाउँने उत्कण्ठ अभिलाषा कस्तो थियो होला ? यो पनि अपरिमित छ । जसले, जसरी, जहाँ र जहिले अक्षरको श्रीगणेश गरेको होस् उसलाई आफ्नो त्यो चेतनाको बाली काट्न र समाजले विश्वास गर्ने बनाउँन कम्ती खुन पसिना खर्चिनु परेन होला ?

प्रस्ताव

अगोचर दुःख सिएर मुटुले
हामीले बाली पकायौं
अगम्य यात्रा हिँडेर मनले
तिमीले फसल उठायौ
अहर्निष परिश्रम फुलाएर
उनीहरूले विधब्ध निरङ्कुशता टुक्राटुक्रा गिँडे,
बिस्कुन भए मागहरू
तिस्कुलो भेटिएन पूर्तिको
अहम्मा टकराब छ –ओम्मा छैन

दिल्ली महात्म्य

उहिले ऋषि मुनिका पालामा
‘अष्ठादस पूराणेसु
व्यासास्य वचनाद्वय म ।
परोपकाराय पुण्याय
पापाय परपीडन म ।।’ भन्दै व्यास बाजेले ‘अठार पूराण’ लेखेथे । सिसीमुनिका जमाना आएपछि व्यङ्ग्यकार भैरव अर्यालले ‘भुँडी पूराण’ बनाई उन्नाइसौंको नामकरण गरे ।

सन्दर्भ दिल्ली पूराणबाट सुरू गरौं ।

कीर्तिपुरे जुत्ता

रत्नपार्कबाट जबजब म कीर्तिपुरको माइक्रो चढ्छु मेरो मन एक प्रकारले चाञ्चल्य अनुभूति हुन्छ । सो रुटमा प्रायसः विद्यार्थी र बौद्धिकहरूसँग गफिँदै जान पाइने सुविधा भएकाले ममा खुसीको बेहद् उपस्थिति हुनेगर्छ ।

बल्खु चोकमाथि गएपछि भने अर्को एकैछिन भए पनि प्रकृतिको सुरम्य काखमा गएको भान हुन्छ । त्रिकालदर्शी महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्राज्ञिक सुदूर भविष्यको सुरम्य प्रकल्पना गर्दै यस्तो काञ्चन स्थलमा विश्व विद्यालयको सार्थक कल्पना कसरी गर्न सके होलान् भन्ने प्रश्नहरूले जुलुस बनी मनमा एकाएक झुत्ती खेल्न थाल्छन् ।

साँझ : केही शब्द चित्र

प्रेमिल साँझसँग
मनोवाद साट्या छु
धुमिल साँझ र म
संवादमा रमाएका छौं
सानो साँझमा
प्रणय निवेदन गर्दै
इच्छाको तोकादेशमा
भलिभाँती रमाएका छौं,

नयाँ खेती

गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।

ननिको छ –गोविन्दे । गाउँमा अँझै हुने नहुने सबै काम गर्छ । जवनीमा आँखा देखेन । अहिले जवानी घर्किन थाल्दै बूढो देखिएको छ । साह्रै चञ्चल छ । केही न केही उपध्रो गरिरहनु पर्ने ।