Skip to content

तीन मुक्तक (मङ्की स्टेट, नेपालीले के जान्यो, हिमाल)


मङ्की स्टेट

पितृलाई हेला गरेर
दातृलाई हेलो गर्ने
भन्नलाई चाहिँ जनतन्त्र भन्ने
व्यवहार मङ्की स्टेटको गर्ने ?

नेपालीले के जान्यो ?

बुद्धलाई छिमेकीले विवादमा तान्यो
शान्ति देखाउँथ्यौं उसले क्रान्ति ठान्यो
नेपालीले खै ! के जान्यो ? के जान्यो ??
आफ्नै बाउ,दाजु र भाइलाई गोली हान्यो ।।

हिमाल

पर्यटकलाई देखाएर डलर झार्थ्यौं
आफैँलाई आफैँले मख्ख पार्थ्यौं
आँगनमा दुन्दुभी छ बलेँसीमा रगत
कठै ! शान्ति भैदिए हिमाल देखाएरै त छाक टार्थ्यौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *