१) राष्ट्रप्रेम
देश बँचेमात्र देशबासी रहन्छन्
भाषा रहेमात्र भाषाभाषी कहिन्छन्
खबरदार ! देशको नक्सा तानातान नगर
राष्ट्रप्रेम त हृदयमा पो समेटिन्छन् ।
२)राहु पस्यो
शान्त थ्यो मुलुक सुखी थे जनता
के दसा लाग्यो र राहू पस्यो ?
यी सिद्धान्त त सब देखावटी हुन्
देश बिगार्नै भनेर छट्टू साहू बस्यो ।।
३) मौसम
रेडियोले आज पानी पर्छभन्दा
दिउँसभरि टण्टलापुर घाम लाग्छ,
कृत्रिम अभाव नभएको विज्ञप्तिसँगै
यहाँ नूनतेल र खाद्यान्न पसलमा
बिहानैदेखि उपभोक्ताको लाम लाग्छ ।।
