Skip to content

पेशल आचार्य

‘पवित्र क्रान्ति’ एक उपजीव्य र कालजयी दर्शन

(एकालाप वार्तालापका केही उहापोहहरू)

संसार महान्त म नाट्यशाला हो । समग्र सांसारिक विषयाभिमुखहरू प्रकारान्तरले विविध रस र रङ्गका नाट्य विषयवस्तुहरू हुन् । चराचर जगत्मा उपस्थिति जनाएका मानिस र अन्य सकल एव म समूल स्वनामधारी जीवजीवात्माहरू महान्त म नाटकका विविध पात्रपात्राहरू हुन् ।

सलाम चक्षुलाई

पल्टाएर उत्तरपुस्तिकाझैँ
पटकौपटक
रेजा चिन्ह दिएको
यादमा खेलाएर
पत्रोत्सर्ग द्वयोष्ठ्यहरू
मानौं हिउँ स्की खेल्दै छौं हामी
संक्रमणको अन्धकार

यत्नका पहाडहरू

लहर लहर पानीका उत्ताल तरङ्ग
कलरब भाँचिएका बिहानहरू
फुल कोरल्न नसकिरहेका खेचरहरू
अल्छी नेताहरू
समवयी हुन्,
शीतविन्दुले नुहेको पल्लव
कृतिबाट बोझिल लेखक

फाइल हराएको मान्छे

यो केही वर्ष अघिको कुरा हो । चर्चित कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ पुस्तक लेखे । रातारात सेलिब्रेटी लेखक भए । पत्नी शोकमा डुबेका हरिवंशले नेपाली पाठकलाई राम्रैगरी पठन सामग्री दिए । उनको जीवन खुला पुस्तकमा पढ्न पाएर धेरैले साहित्यको आनन्द लिए । अहिले अख्तियारका मोनिटर लोकमान एकाएक ‘फाइल हराएको मान्छे’ भएर समाचारमा चर्चित भएका छन् । आखिर जसरी भए पनि चर्चित हुनुसम्म त हो । सुचर्चित या कुचर्चित ।

चराको व्याकरण

फेरि उडे चराहरू
अलिकति मनका बारीबाट
अलिकति वनका पारिबाट
चुच्चामा चेपेका छन्
रतिरागका समासहरू
पखेँटामा बेरेका छन्
सृष्टि सत्सङ्गका प्रत्ययहरू

शिक्षा जीवनोपयोगी हुनुपर्छ

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली संस्कार जो हामीमा झुन्डिएको छ । झुर मानसिकता र प्रमाणपत्रहरू काखी च्यापेर हामी पढेका भनिएका मानिसहरू बाँचिरहेका छौं । यो खराब मानसिकता हो । तर कुरो यसो होइन ।

उद्धव अविचलको ‘मन्थली’ काव्यमा कविलाई अभिषेक र कवितालाई नमन

रामेछापमा जन्मेर रामेछाप मै आफ्नो कर्मक्षेत्र बनाएर कविता लेख्ने अँझ त्यसमा पनि झ्याउरे छन्दमा कविता लेख्ने कविहरूमा उद्धव आचार्य अविचलको नाम अघिल्लो लहरमा आउँछ । यिनले विगत्मा कक्षा ८ अध्ययन गर्दाताका नै मन्थली उमाविमा सम्पन्न भएका विभिन्न कविता प्रतियोगिताहरूमा उच्च र अब्बल स्थान ल्याएर कवितात्मक ह्याट्रिक हानिसकेका हुन् । सो क्रमलाई अविचल गतिमा अघि बढाउँदै अविचलले यतिखेरसम्म हाम्रासामु तीनवटा काव्यहरू पस्किसकेका छन् । यही परिप्रेक्ष्यमा उनको काव्यगत् चिनारीको मेसोको उद्घाटन गर्न खोजिएको हो । यो क्रम भविष्यका दिनहरूमा पनि क्रमिक रुपले जारी रहनेछ ।

रामेछापका गोष्ठीहरू

‘लेखकलाई एकान्त देऊ, एकान्तवस्थाले लेखकलाई झन ‘क्रिएटिभ’ बनाउँछ ।’ विश्वका महान् लेखकको उक्ति हो – यो । तर कतिपय अवस्थामा लेखक समूहमा घुलमिल हुन खोज्छ नै । यो उसको मानवोचित गुण हो । सधैं एकान्तमा रहेर र लेखेर पनि हुँदैन त्यसलाई प्रकाशन गर्नु वा भावनाको सार्वजनीकीकरण उसको चाहना हो ।

अथवा यसो भनौं । लेख्नु लेखकको पहिलो कर्तव्य र प्राथमिक कर्तव्य हो । प्रकाशन उसको दोस्रो कर्तव्य हो । अनि त्यसबीचको सुन्ने र सुनाउने काम उसको अनिवार्य जस्तै तेस्रो कर्तव्य हो । यहाँ मैले सुन्ने सुनाउने कामलाई नै पछिल्ला अनुच्छेदहरूमा गोष्ठी भनेर भनेको छु ।

तराईका ती दशैँहरू

पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अँझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।

स्मृति र विस्मृतिका सुनामीमा फँसेको छु –म यतिखेर ।

‘मायालु हुम्ला’ यात्रा संस्मरण र समालोचकीय दृग

प्रस्तावना :

चरैवेती । चरैवेती ।

वेदले बौद्धिक र कलमका कालिगढी मनुवालाई यात्राका लागि ऊर्जादिन यसो भनेको होला ? हुन पनि संसारै यायावरीय शैलीमा न्योच्छावर भएको हो । यदि एसियाको मानिस अफ्रिका जाँदैनथ्यो भने उसले ‘कालो हिरा’ को प्रचार गर्दैनथ्यो । त्यसैगरी युरोपको मानिस हिमालयका सिकन्जामा आँउदैनथे भने हाम्रोजस्तो हिमाली राज्यको यतिबिघ्न प्रचार हुने थिएनन् ।

पावर, मनि र सेक्स

हिन्दीमा एउटा घतलाग्दो मुहावरा छ –‘तुँ करे तो रासलीला, हाम करे तो क्यारेक्टर ढिला ?’ यसमा निहित आसयले भन्न खोजेको कुराको अन्तर्यमा पावर र सेक्स मिश्रण छ ।

संसार नै पावरको प्रतिफल हो । जैविक, भौतिक र नैतिक सफलतामा पावर जोडिएको हुन्छ । वयश्क नरनारीको घर्षणपछि नयाँ जीव जन्मन्छ । यो सबै प्राणी जगत्मा लागू हुन्छ । जागिर, ठेक्कापट्टा, उद्यम र सबै किसिमका सेवामुखी (?) मुखुण्डाधारी मानिसहरू पावरका पछि लाग्छन् । सबैभन्दा बढी पावर राजनीतिमा केन्द्रित थियो, छ र हुन्छ ।

भाव, अभाव र प्रभाव

हरेक सचेत मानिस तीन चिजले आफ्नो व्यक्तित्व निर्माण गर्दछ –भाव, अभाव र प्रभाव । यी तीनवटै चिज सर्वप्रथम उसले आफ्नो परिवारबाट ग्रहण गर्दछ । साथीभाइहरूबाट सापट लिन्छ । विद्यालय वा विश्वविद्यालयमा गएर सिक्छ । हेरेर, भोगेर र गरेर सिक्छ । शिक्षाका आधुनिक सिद्धान्तमा पनि ज्ञानीहरूले यिनै तीन तत्वलाई सूत्र बनाएर भनेका छन् ।

सिक्न या नयाँ ज्ञान हाँसिल गर्न पुरानो कुरालाई बिर्सनु पर्छ । धोक्रो खाली नपारी नयाँ सामल राख्ने ठाउँ कसैको हुँदैन ।

घरखेत साहूलाई छाडी

घरखेत साहूलाई छाडी अरबैमा आएको छु
मरूभूमि मेरो भागमा विरह गीत गाएको छु

नानीबाबु भन्न मैले वर्ष दुएक कुर्नु पर्छ
पराईको देशमा मेरो आफ्नै भावी जुर्नु पर्छ
साँबाब्याज लगातारै सगरमाथा चढ्दै होलान्
सरसापट, तिरोभरो अक्कासेर बढ्दै होलान्

माघी आयो भन्छन् राजै

माघी आयो भन्छन् राजै, सिरेटोले हानेको छ
घर छाडी बसेको छु, कुहिरोले छेकेको छ

लालाबाला पर्खिँदा छन् हाम्रो बाबा आउँछ भनी
ह्लोसार बित्यो, उभौँली नि बाटो हेरी दिन गनी
दसैँ तिहार, सिरूवामा रमाएर साथै बस्दा
चिहिलबिहील पार्यो होला ? विछोडमा आँसु खस्दा

मन्थलीमा सजना बाइवा सन्ध्याको एकल वाचन

शनिबार असार ४, २०७३मा वसन्त पल्लव साहित्यिक पत्रिकाको आयोजनामा मन्थलीमा कवि सजना वाइवा सन्ध्याका कविता, गजल र मुक्तकको एकल वाचन सम्पन्न भयो ।

वसन्त पल्लव साहित्यिक पत्रिकाका सम्पादक माधव सयपत्री, भाषा सम्पादक पेशल आचार्य र भरतराज शर्मा मन्थलीयका सुपुत्र तथा विद्वान् अध्येता झङ्कारराज शर्माको विशेष आतिथ्यतामा मन्थली पार्टी प्यालेसमा भएको सो एकल वाचनमा सहभागीहरूले समेत उद्धरार्धमा आफ्ना कविता र गीत तथा मुक्तक सुनाएर माहौल रमाइलो बनाएका थिए ।

पृथक अभियानमा आमा र साहित्यकार अशोक सुवेदी

‘जगत्की अपार अभियन्ता आमा ।
संसारकी सौष्ठव सार आमा ।
सृष्टिकी शश्यशालिनी व्योम आमा ।
वात्सल्यकी प्रशान्त गहिराइ आमा ।
चेतन अजेय परा र अपरा विद्यामा आमा ।
आदि र अनादि इतिहासकी ऊर्जामय धरा आमा ।
अशेष युग्म प्रतीकहरूमा आमा । समष्टि विम्बाकृतिमा आमा ।
एकअनेक पाश्र्वमा आमा ।
आमा । आमा । आमा ।’