Skip to content

पाँच मुक्तक (राहत)


१. राहत
संसद बस्दा संसदका कुरा
विघटनपछि शैली नै अधुरा
राहत त केवल निहूँ हो ?
भित्रभित्रै आहत र मर्माहतको छुरा !!

२. विभाजन
माछालाई जलचर
जमिनका प्राणीलाई स्थलचर ।
भ्यागुता र मान्छेको सम्बन्ध छ क्यारे –
दुवैको धानी पुग्दैन दुवै उभयचर !!

३. मान्छेको खोजी
दूधमा पानी होइन पानीमा दूध मिसाउँन थाले
चामलमा ढुङ्गा होइन बरु ढुङ्गामा चामल खोज्न थाले ।
मानिसमा राक्षसको खोजी गरिन्थ्यो हिजोहिजो,
अब त राक्षसमैँ मानिस रोजिन लागे ।।

४. दशैं
हुने खानेका लागि दशैं
खाने पिउने नशा हो ।
तासजूवा, लङ्गुरबुर्जा र
फेसनादिको चस्का हो
हुँदा खाने गरिबहरूका लागि
दशैं फगत दशै–दशा हो !!

५. बालुवाको महल
छोरो क्याम्पस भनी
‘टायम पास’ गर्दो रहेछ ।
छोरी कम्प्युटर भनेर
च्याट र बेव साइट चहार्दिरहिछ !
बूढा बाउआमा बालुवामा
कल्पनातित महल बनाउँदछन् –
सन्तान आफूखुसी मोजमस्ती गर्दे
जीवन विगार्दा रहेछन् ।।

महालक्ष्मी नपा १०, टीकाथली, ललितपुर ।
हाल-सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *