Skip to content

पेशल आचार्य

शम्भवामी युगेः युगेः

युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान जारी छ । वर्गतले भ्याएसम्म सबैले खोज्ने हो । खोजेमा पाइन्छ । नखोजेमा केही पाइँदैन ।

फरक छ, मरेपछि पनि बाँच्नु

सानो हुँदा र पढ्ने रहर जाग्दा हिन्दीमा कतै पढेको थिएँ –बिती हुई कल । मानिसको जीवनमा उसको बितेर गएको समयले निकै माने राख्छ । अहिले सम्झँदा त्यो कुराको वास्तविकता बुझिँदैछ । बाल्यवस्था र वाल्यजीवन बाँकी जीवनका लागि सम्झँदै बाँच्नका लागि पूँजी हुन्छ –हरेक मानिसका लागि । मानिसलाई उसले विगत्मा बिताएका पलको असाध्यै माया र खसखस लाग्छ । समय हो । आफ्नो बुतामा नरहने । समयसँगै हिँउद्वर्षा गरी परिवर्तन हुनै पर्ने । जीवनको सोपानमा चढ्दा उमेर र ऊर्जाका पाइलाहरू बदलिँदै पनि जाने । नदी रहेछ जीवन । कहिलेकाहीँ ती बितेका जीवनका पाइलाहरू सम्झँदा पनि नोष्टाल्जिक हुन पुग्छु ।

20160528_PeshalAcharya-Lekh

नलेखिएका कथाहरू: कहिले गाडीको स्टेरिङ कहिले जीवनवादी कविता लेखन

लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरूले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पसमा गएका छैनन् । जानु पनि पर्दैन । लेखन त्यो अहम हो जो जीवनपर्यन्त रहिरहन्छ । लेखनका लागि अलिकति भोक, अलिकति अहम र अलिकति अमरत्वको जीजीविषा हुनु पर्छ । साहित्य लेख्नका लागि जसकसैलाई छुट छ तर त्यो लेखिने विषयवस्तु समय र मानिसलाई चित्ताकर्षक हुनु पर्छ । यति भनेपछि साहित्यको अकण्टक आवश्यकता आफैँ प्रष्ट हुने गर्छ । पहराको फूललाई प्रकृतिले आफैँ सुवाष दिने गर्छ । गमलाको फूललाई मात्र पानी र मलको आवश्यकता पर्छ ।

यी माथिका कुरा रामेछापका युवाकवि तथा लेखक लालबहादुर तामाङमा अक्षरशः लागू हुन्छ ।

४० थान मुक्तकहरू

८७. आफ्नो ताल
आमाको होटल र बाउको लजमा
घिच्न र लड्न सित्तै मिलुन्जेल
सबै बाबुराजा हुन्छन् –
त्यसपछि जब आफ्नो तालमा नाँच सुरु हुन्छ,
आफैँ चुइँया र मख्खिचुस हुन्छन्

तामसी दरबारमा

दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको हत्या भयो
सुस्केरा र चित्कार
आँसु र रगतमाथि
एउटा विश्वासघातको
हदै कुरुप विम्बको
रचना भयो,

प्रयोजन

सत्य हेर्न छाडेका यी आँखाहरू
असल सुन्न छाडेका यी कानहरू
सुपथ हिँड्नै नसक्ने यी गोडाहरू
सुकाम गर्न नजान्ने यी हातहरू
सार्विक सोच्न नसक्ने मुटु
अब के काम भयो ?

लोड सेडिङ्

अथाह जलराशि
अपरिमेय जङ्गल
असरल्ल जमिन र
अनगिन्ती जडिबुटीका
मालिक हामी
ऊर्जाशील पौरखी हातहरू
निरन्तर विदेश पलायनमा व्यस्त छन्
पराया देश सिँगार्नमा मस्त छन्,

ह्या नयाँ वर्ष पनि कहीँ हुन्छ र ?

बकबास जस्तो जीवनमा
कति आए नयाँ वर्षका पुरियाहरू
मन पर्दा नपर्दै आए
मन हुँदा हुँदै पनि गए
दिनहरू
साथीले दाउ देखाएर मारेका तासका पत्तीजस्ता
कसैलाई जिताइदिन बसेका हामी खालेहरू

भूपि: नेपाली आधुनिक गद्य कविताका एक वृहत् समीक्षण

अपार सृष्टिका अभिषेक भन्नु नै नूतन र वन्दनीय कविता तरूहरू नै हुन् । ती जो शताब्दीऔंदेखि पुरातन धरोहर र कीर्तिकारक समेत रहेका छन् । वाचाल वाणिमा जब बैखरीले प्रवेश पाइन् अनि अविजित यात्रामा अगाडि सरिन् । सम्मोहन शक्तिले कविलाई प्रकृतिको अजस्र भान्ते बनायो । कविकर्म र अन्य कर्ममा पार्थक्यता रहन्छ । खोजका सिकन्जाहरू परिधिका साँघुरा घेरामा निवृत्त हुनु हुँदैन । छैनन् पनि । मानिसका सपना र जपनाले त्यो तिरोहित तुल्याएको छ । मिठास वचनहरू सम्पूर्णतामा सुन्दर आभूषण हुन् ।

मोजाको भकुण्डो

त्यसबेला गाउँघर विश्व कपको ज्वरोले रनक्क तातेको थियो । विश्वकप खेल्ने सबैजसो टोलीका सबैजना प्रशंसक थिए । जसरी खेलमा टिम बाँडिएका थिए त्यसैगरी समर्थकहरू पनि बाँडिएका थिए । कोही ब्राजीलका, कोही नेदरल्याण्डका, कोही अर्जेन्टिनाका अनि कोही जर्मनका । कोहीकोही त एसियन टिम कोरिया र जापानका पनि ।

खेल प्रेमीहरूको दिनरात सबै समय फुटबलमै बित्न थालेको थियो ।

मेरो आँसु आज मात्रै

मेरो आँसु आज मात्रै उसका लागि फोसा भयो
हिजो फुलेँ आज फलेँ कचल्टिलो कोसा भयो ।

आँखाहरू पढेपछि भाकाहरू पाखा लागे
प्रणयको निवेदनमा किनकिन गोता भयो ।
वाचा कसम तिमीबाटै सुरू भा’थ्यो धेरै चोटी
दोबाटोमा कुरी बसेँ पदचाप नै फोसा भयो ।

मेनेज (कथा)

देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट सदरमुकाम आउँदा सानो आफ्नो घर होस् भन्ने चाहनालाई बास्तविकतामा परिवर्तन गर्न दुवैले केही समय सानो पसल पनि थालेका हुन् । समयले साथ दिएन । पहिलो पटक विदेशबाट फर्केपछि उनले यतै नेपाल बस्ने इच्छा पनि गरेकी हुन् । आखिरमा विदेश नगई भएन ।

मेरो देश

म मेरो देशलाई श्रद्धा र आदरपूर्वक दण्डवत् गर्न चाहन्छु । मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ ।

रामायण भन्ने महाकाव्यमा भनिएको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ (जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा पनि प्यारा लाग्छन्) । मलाई मेरो देशप्रति अति माया र ममता छ किनकि म यो देशमा जन्मन पाएँ । मेरो देश नभएको भए म कहाँ जन्मिन्थे कहाँ ? मलाई मेरो देशको नागरिक हुन पाएकोमा आफैँलाई गर्वानुभूति भएको छ ।

जगदीश पछ्याउँदै मन्थली

साहित्यकार जगदीश घिमिरेका विविध सम्झनाहरू लेख्नका लागि ममा धेरै विषयहरू छन् । अँझ खासगरी जगदीश दाइसँगका बसाइहरूलाई कुनै लेपन नै गर्नु पर्दैन साहित्यिक लेखको गुत्थी दिन । जबजब जगदीश दाइ हिउँद्का चिसा दिनमा आफ्ना लेखनका कामहरू लिएर मन्थली आउनु हुन्थ्यो म वहाँलाई पछ्याइ हाल्थेँ । कहिले अलि कडा मिजासमा त कहिले अलि नरम मिजासमा मसँग वहाँ वार्ताका लागि सहज रूपमै प्रस्तुत हुनुहुन्थ्यो । मैले करिब आधा दर्जनपटक वहाँसँग भलाकुसारी अँझ साहित्यिक वार्ताहरू गरेको रहेछु । ती सबैजसो कुनै न कुनै पत्रिकामा छापिएका छन् ।

कलिलो त्यो मनभित्र पस्छ

कलिलो त्यो मनभित्र पस्छ पिर कुन बाटो ?
मलिलो यो छातीभित्र बस्छ प्रेम जुन बाटो ?

पाखिएरै आँखा किन फुस्रो हुँदैन ?
दबिएरै भाका किन फुङ्ग उड्दैन ?
नजानेरै जाने मैले किन मायालाई ?
नपाएरै पाएँ मैले जब उनलाई ।

कला भित्र त्रिमूर्ति हुन्छ नाम, इनाम र इज्जत – निराजन खत्री

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ५का स्थायी वासिन्दा पिता हर्कबहादुर खत्री माता राधिका खत्रीको कोखबाट वि.सं २०४८ असार २७ गते जन्मनुभएका उदीयमान कलाकर्मी निराजन खत्री नेपाली गायन, कोरियोग्राफर र म्युजिक भिडियोका चर्चित कलाकार हुनुहुन्छ । रामेछापमा आफ्नो नयाँ गीत ‘केस झरेर फुरूरू’ को प्रमोसनका सिलसिलामा आएका बेला वहाँसँग हाम्रा सहयोगी साहित्यकार पेशल आचार्यले लिनु भएको रोचक र घोचक अन्तर्वार्ताको सम्पादित अंश ।