Skip to content

तीन मुक्तक (खाँचो हुन्छ, चाहिन्छ, नभई हुँदैन)


१) खाँचो हुन्छ:

बुद्धूलाई गाइडको
इन्जिनियरलाई साइडको
डाक्टरलाई टाइफाइडको
खाँचो हुन्छ ।

२) चाहिन्छ:

पुलिसलाई टोप
परीक्षामा होप
दादुरालाई खोप
र अचारलाई छोप चाहिन्छ ।

३) नभई हुँदैन:

हलोमा फाली
नियुक्ति दिन खाली
सहरमा नाली र
राजनीतिमा महाकाली
नभई हुँदैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *