Skip to content

त्यति रुन्छु यहाँ जति

  • by


त्यति रुन्छु यहाँ जति, त्यहाँ रुन्छौ तिमी
दुबै आँखा चिम्म गर्दा, सँगै हुन्छौ तिमी

मेरो सपनीमा आई, सधैं डुलिरहन्छौ
सम्झनामा-कल्पनामा, सधैं फुलिरहन्छौ ।
मैले रोए-कराएको, न त सुन्छौ तिमी
दुबै आँखा चिम्म गर्दा, सँगै हुन्छौ तिमी ।

नियतिको हुरी आई, फूलहरू झार्यो ।
तिमीलाई आकाश मलाई, धर्ती बनायो ।
त्यहीं चुम्छु-त्यहिँ हुन्छु, जहाँ छुन्छौ तिमी
दुवै आँखा चिम्म गर्दा, सँगै हुन्छौ तिमी

हाल – दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *