मेरो जिन्दगानी तिमी, मेरी जून, घाम
शंका लाग्छ भने मेरो, आऊ मुटु छाम
तिमी नहुँदाको जीवन, श्वास बिनाको
बगैचामा फुलेको फूल, सुबाश बिनाको
तिमी मेरी सीता प्यारी, हुँ म तिम्रो राम
सङ्का लाग्छ भने मेरो, आऊ मुटु छाम
हृदय नै खोली दिए, आऊ भित्रै पस
परेलीमा झर्न सक्छौ , मुटु भित्रै बस
मेरो हर स्पन्दनले बोल्छ, तिम्रो नाम
सङ्का लाग्छ भने मेरो, आऊ मुटु छाम
