मेरो साथ तिम्रो चिठी, खात बाँकी छ
तिमी गए पनि तिम्रो, याद बाँकी छ
जिन्दगीमा कैयन, चिसो रात काँटे
कटाउन अँझ कति, रात बाँकी छ
साँझ जून र्हेछु तर, पनि मभित्र
अँझ तिम्रो अधरको, मात बाँकी छ
दोबाटोमा पुर्याएर, एक्लै बनायौ
तिमीसित गर्न धेरै, बात बाँकी छ
नियतिले फूल झार्यो, मेरो जीवनको
अब त्यहीं बाँचेको, पात बाँकी छ
