मैले रुचाएको फूल, खास तिमी थियौ
साथै फोक्सोभित्र चल्ने, सास तिमी थियौ
हिजो आज बगैचाको, रुप बेग्लै भा छ
किनभने फूलको, सुवास तिमी थियौ
मरेको छु आफैभित्र, ज्यूँदै जलेको छु
यौटै मेरो भन्नु ज्युँने, आस तिमी थियौ
बैशाखमा पनि के भो, हरियाली छैन
वसन्तको पनि मधुमास तिमी थियौ
किन आज अँध्यारो छ, आकाश सोध्नुहोला
जहाँ सूर्य भित्रको, प्रकाश तिमी थियौ

wow surya ji aati
wow surya ji aati ramro..manai chhune gajal..malai sarai nai chhoyo..