मौसम–हावा आज किन, चुप देख्छु म?
चारतिर केवल तिम्रो, रुप देख्छु म ।
आकाश छोडी चन्द्रले, धरती झरेपछि,
धरतीको बेग्लै आज, स्वरुप देख्छु म ।
हिमाल हौ! बिहानीमा, तिमी मुस्काउँदा
तिम्रो दन्तहारमा चाँदी, खुप देख्छु म ।
कस्तुरी झैं बिना खोज्न, कति भौतारिन्छौ?
तिमीभित्रै नै सुगन्धित, सुप देख्छु म ।
सूर्यैलाई सबै पूजा, गर्छन् सोच्दथें म
यता तिम्रो तस्बिरअघि, धुप देख्छु म ।

surya lai……. yeta timro tasbir aghi dhup dekhchhu ma..!
surya ji takhallus ko prayog ekdum ramro lagyo…!